१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनको निर्वाचन सुरक्षालाई ध्यान दिँदै ३९ जना पक्राउ

१२ मंसिर २०७४, मंगलवार ०८:२२

मङ्सिर १२, रत्ननगर | चितवनमा निर्वाचन पूर्वको विशेष सुरक्षा योजना प्रभावकारी देखिएको छ । 

जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको विशेष सुरक्षा योजनाका कारण आजसम्म जिल्लामा शान्तिसुरक्षाको अवस्था मजवुद रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । 

निर्वाचन केन्द्रित सुरक्षा योजना लागू भएपछि जिल्लामा गुण्डागर्दी र निर्वाचन विरोधी गतिविधि गर्ने ३९ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका २० जना र विभिन्न गुण्डागर्दीमा संलग्न १९ जना रहेका छन् । 

पछिल्लो समयमा पेस्तोल र गोलीसहित खोटाङ केपीलासगढी गाउँपालिका–७ घर भई हाल भरतपुर महानगरपालिका– १६ बस्दैआएका ३७ वर्षीय पुरन भन्ने पूर्णबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै विमल बराल र गुञ्जसिंह गुरङलाई समेत पक्राउ गरी मुद्दा अघि बढाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । 

चितवनमा पछिल्ला समयमा कालिका नगरपालिका, खैरहनी र वीरेन्द्रनगरको खाली जमिनमा तीनवटा सिलिण्डर पड्काइएको छ । उक्त कार्यमा संलग्न केहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका ५२ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । 

केन्द्रीय सुरक्षा योजनाको आधारमा जिल्ला सुरक्षा समितिले निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचन पश्चातका फरक/फरक सुरक्षा योजना बनाएको छ । जिल्लामा एक हजार ७१० म्यादी प्रहरी र तीन हजार २९५ जनपद प्रहरी परिचालन गरिएको छ भने आवश्यकताअनुसार नेपाली सेना र सशस्त्र प्रहरी समेत परिचालन हुनेछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु