२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिष्टम सिक्नु छ भने लोकसेवा आयोगवाट सिक्नुहोस: अध्यक्ष मैनाली

२०७४, १५ मंसिर शुक्रबार १५:३२

चिसाङ शेर्पा/मंसिर १५, खोटाङ । लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले सिष्टम सिक्नु छ भने लोकसेवा आयोगवाट सिक्नु पर्ने बताउनुभएको छ । 

बेरोजगरीको चर्को समस्या रहेको देशमा जहाँ कुनैपनि प्रणाली स्थापित भएन भनेर बितृष्णा फैलिरहेको बेलामा लोकसेवा आयोगले प्रणाली स्थापित गरेको स्मरण गराउँदै आयोगबाट सिष्टम सिक्न अनुरोध गर्नुभयो । 

शुक्रवार दिक्तेलमा लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि तथा आयोगका अध्यक्ष मैनालीले निर्मित भौतिक पुर्बाधारले आयोगका कर्मचारीलाई साना परिक्षा, ल्याब परिक्षाजस्ता काम गर्न सहज बनाउने र जिल्लामा निर्मित भवन लोकसेवा आयोगको मुल्यमान्यताको प्रतिकको रुपमा रहने बताउनुभयो ।


संबैधानिक निकायमा लोकसेवा आयोग सबभन्दा पुरानो संबैधानिक निकाय रहेको तथा त्यसको साख घुम्न नदिन पाठ्क्रम, परिक्षा प्रबिधि परिवर्तन र आयोगलाई प्रबिधिमैत्री बनाउँदै युवाहरुको अटुट आस्था, मिहेनतलाई कदर गर्न लोकसेवा आयोग रहेकोे बताए । वेलावेलामा सामान्य फोहोरका छिटाहरु आउने बाहेक लोकसेवा आयोगमा कुनै समस्या नरहेको पनि प्रष्ट पार्नुभयो । 

सगरमाथा अञ्चल आयोगले २०४५ साल असार ३० गते दिक्तेलका राम कुमारी सैंजु, तुलसीराम आचार्य र मनराज आचार्यको ६ रोपनी १ दाम जग्गा खरिद गरी २०६७ सालदेखी कागजी प्रक्रियासंगै भवन बनाउन थालेको थियो । २०७० असार ११ गते दिवा निर्माण सेवा प्रालि सातदोबाटो नामक निर्माण कम्पनीबाट आयोगले भवन जिम्मा लिएर कामकाज गर्दै आईरहेको थियो ।

सगरमाथा अञ्चलभित्र कर्मचारी पदपुर्ती गर्नका लागि २०२४ सालमा स्थापना भएको लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालय आफ्नै भवन नहुंदा ४६ वर्ष भाडामा बस्दै आएको थियो । २ करोड ६३ लाख ६६ हजार ९५२ रुपैयाँमा निर्माण सम्पन्न भवन ४ वर्षपछि उद्घाटन गरिएको हो । 

समयमा अनुकुलता र प्राविधिक कारणले औपचारिक उद्घाटन ढिलाई भएको लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालय निर्देशक सुर्य कोईरालाले बताए । उनले भने, ‘भवन अभावमा यस अघि सानातिना परिक्षासमेत विद्धालयहरुमा गराउदै आएको आयोगले अब, आफ्नै भवनमा गराउँने छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा