२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

दुई/चारवटा बम पड्कदैमा चुनाव रोकिन्न: ओली

१६ मंसिर २०७४, शनिबार १२:४८

मङ्सिर १६, उदयपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बम पड्काएर आतंकति गर्न खोजिंदैमा मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ । 

गाईघाटस्थित थारुहट रंगशालामा आज संयुक्त वाम गठबन्धन चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अहिले देशमा चुनाव भाँड्ने नाममा बम पड्किरहेको छ, त्यो बम पड्काउनेहरुले आफैँहरुले नभई कसैको इसारामा बम पड्काउने काम भइरहेकाले बम पड्कदैमा चुनाव रोकिन्न, तीन करोड नेपाली जनताले चाहेको चुनाव दुई/चारवटा बम पड्कदैमा रोकिन्न ।” 

निर्दोष जनता तथा उम्मेदवारलाई लक्षित गरी बम नहान्न, तीन करोड नेपालीको चाहना र निर्वाचनमार्फत नयाँ सरकार गठन गरेर देशलाई नयाँ बाटोमा लाने कार्यसँग कसैले पनि खेलबाड नगर्न अध्यक्ष ओलीले चेतावनी दिनुभयो । 

अध्यक्ष ओलीले स्थिर सरकारमार्फत देशलाई राजनीतिक संक्रमणबाट मुक्त गर्ने उद्देश्यले एमाले र नेकपा (माओवादी केन्द्र)ले चुनावी एकता गरेको बताउँदै अब बन्ने वाम सरकारले मुलुकलाई सुशासन र स्थिरता दिने दाबी गर्नुभयो । 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले विगतमा नेपाली काँग्रेसले पटकपटक बहुमतको सरकार सञ्चालन गरेपनि मुलुकलाई स्थिर राजनीति दिन नसकेको कारण अब देशमा वाम गठबन्धनको स्थिर सरकार आवश्यक रहेको जिकिर गर्नुभयो । 

पूर्व–पश्चिम राजमार्ग छ लेन बनाउने, पूर्व–पश्चिम रेल्वे सञ्चालन गर्ने, उद्योगधन्दा सञ्चालन र युवा स्वरोजगारमार्फत वामपन्थी सरकारले मुलुकमा विकासको कायापलट गर्ने उहाँको दाबी थियो । अध्यक्ष ओलीले भन्नुभयो, “एकचोटी वाम गठबन्धनलाई जिताएर दुई वर्ष हेर्नुस्, विकास कसरी हुन्छ, हामीले गरेर देखाइदिन्छौँ ।” चुनावलगत्तै एमाले–माओवादी पार्टी एकता हुने उहाँको भनाइ थियो । 

सो चुनावीसभालाई वाम गठबन्धनका तर्फबाट क्षेत्र नं १ का उम्मेदवार मन्जुकुमारी चौधरी, प्रदेश सभाका उम्मेदवार रामबहादुर थापा, विमल कार्की, नारायण बुर्जालगायतले सम्बोधन गर्नुभएको थियो । 

यस्तै संयुक्त वाम गठबन्धनले मोरङको उर्लावारीमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई समृद्धितर्फ लैजान वाम गठबन्धनको जित आवश्यक रहेको बताउनु भएको छ । 

नेपाली काँग्रेसले लोकतन्त्रको नाममा ‘लुटतन्त्र’ मच्चाएको आरोप लगाउँदै उहाँले अब देश विकासको जिम्मा वाम गठबन्धनको रहेको बताउनुभयो । 

सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोख्रेलले एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले आगामी निर्वाचनमा बहुमत हासिल गर्ने र त्यो सरकारले देशलाई नयाँ दिशामा लैजाने बताउनुभयो । 

सभालाई एमालेका केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेद्वार डा शिवमाया तुम्बाहाम्फे, माओवादी केन्द्रका समानुपातिक उम्मेद्वार नवल खड्का, गोपी अछामी, मोरङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार घनश्याम खतिवडा, प्रदेशसभा (क) का उम्मेदवार कुशल लिम्बूलगायतले सम्बोधन गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य