१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानाध्यापकनै बम पड्काउँने काममा संलग्न भएपछी…

१७ मंसिर २०७४, आईतवार १०:३७

चिसाङ शेर्पा | मंसीर १७, खोटाङ | गत मंसीर १० गते पहिलो चरणमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई लक्षित गरि विभिन्न ठाँउमा बम पड्काउँने देखि घरजग्गा कब्जा गर्नेसम्म कार्य गरेको आरोपमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वका लामीडाँडा गाउँपालिका खार्पाका शेखर पोखरेल  पक्राउ परेका छन् । 

पोखरेललाई प्रहरी चौकी लामीडाँडाले घरबाटै सनिवार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले जानकारी दिए । उनका अनुसार, ‘प्रहरीको अनुसन्धानको क्रममा चुनाव विथोल्ने प्रयास गरेको स्थानीयको जानकारीका आधारमा उनलाई पक्राउ गरिएको हो, पोखरेललको विषयमा थप अनुसन्धान भईरहेको छ ।’ 

चुनावका समयमा विभिन्न गतिविधि गरेर चुनाव बिथोल्न खोजेको आरोपमा पोखरेल पक्राउ परेसंगै विप्लव समूहका अन्य व्यक्ति पनि धामधम पक्राउ पर्ने डिएसपी थापाको भनाई छ  । 

पक्राउ परेका पोखरेल रत्नराज्य लक्ष्मी आधारभुत विद्यालय लामीडाँडा गाउँपालिका १ कुभिन्डेका प्रधानाध्यापक हुन् । पोखरेल विप्लव नेतृत्वको शिक्षक संगठन अखिल नेपाल शिक्षक संगठनमा आवद्ध रहेको जनाईएको छ  । 

चुनावका समयमा विप्लव नेतृत्वले कांग्रेका प्रदेश (क) का प्रत्यक्ष उम्मेदवार शुवासकुमार पोखरेल, बाम गठबन्धनबाट प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार विशाल भटटराई तथा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईको घरमा विज्ञाप्ती टाँसेर घर जग्गा कव्जा गरेको थियो भने रुपाकोट मझुवागढी नगरपालिकास्थित दोर्पा चिउरीडाँडामा वम विस्फोट गराएको थियो । 

लामिडाँडा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सविन श्रेष्ठले पोखरेल सवै दिन विद्यालयमा हाँजिर हुने गरेको बताए । उनले भने, ‘म आफैं विव्यास अध्यक्ष छु, विप्लव नेतृत्वमा उनि संलग्न छैनन्  ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु