२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोटाङमा प्रदेशसभा ‘ख’मा बाम गठबन्धनका उम्मेद्वार बिजयी

२०७४, २३ मंसिर शनिबार १०:४९

चिसाङ शेर्पा/मंसिर २३, खोटाङ । खोटाङमा प्रदेशसभा (ख) मा बाम गठबन्धनका उम्मेद्वार बिजयी भएका छन् । 

शनिबार दिउँसो २.३० बजेको मत परिणाम अनुशार कांग्रेसका उम्मेद्वार बिष्णुकुमार राईलाई ६ हजार १३३ मतले पछि पार्दै वाम गठबन्धन (माओबादी केन्द्र)का उम्मेद्वार रामकुमार राई विजयी भएका हुन् । 

मतगणना सकिए पनि विजय÷पराजयको आधिकारिक घोषणा हुन बाँकी छ । प्रदेशसभा (ख) को परिणाम आए पनि मूख्या निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा (क)को मत गणना सकिएपछि मात्र विजय÷पराजयको परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । 

२०६४ सालको संबिधानसभाको पहिलो निर्वाचनमा सांसदमा बिजयी भएका राई पुःन प्रदेशसभा (ख) मा दोहोरिएका हुन् । २०४१ सालमा मालेको विद्यार्थी संगठनबाट राजनितीमा सुरु गरेका राई खम्बूवान राष्ट्रिय मोर्चा, खम्बूवान र माओबादीनिकट लिम्बूवान मुक्ती मोर्चा मिलाएर बनेको किराती राष्ट्रिय मुक्तीमोर्चाको उपाध्यक्ष हुँदै हाल माओबादी केन्द्रका पोलिटव्यूरो सदस्यको भूमीकामा छन् । 

पार्टीभित्र सोझा र इमान्दार नेताको परिचय बनाएका राईसँग बहुदल आउनअघि २५ दिन जेलनेल भोगेको, जनयुद्ध कालमा बन्दुक बोकेर बिग्रेड कमिसार लगायत बनेको अनुभव छ । 

किराती मुक्ती मोर्चाबाट अलग्गिएपछि २०५९ सालमा बनेको किरात वर्कर्स पाटीका केन्द्रीय सदस्य बनेका राई २०६० सालमा पुःन किरात वर्कर्स पार्टी र माओबादीको एकता भएपछि सगरमाथा–जनकपुर व्यूरो सचिवालय सदस्य बनेका थिए । 

२०५६ सालमा सेनासँग भएको भिडन्तमा घाईते भएका उनले विभिन्न समयमा खोटाङ, भोजपुर, संखुवासभा, उदयपुरको इन्चार्जको जिम्मेवारी सम्हालेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन