२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोटाङमा बाम गठबन्धनको ह्याट्रिक, कांग्रेस ‘क्लिन स्वीप’

२०७४, २३ मंसिर शनिबार १४:१२

चिसाङ शेर्पा/मंसिर २३, खोटाङ । खोटाङमा बाम गठबन्धनले तीनै सिटमा बिजयी हाँसिल गरेको छ । 

शनिबार साँझ मुख्य निर्वाचन कार्यालयले दिएको मत परिणाम अनुसार प्रतिनिधिसभा एक र प्रदेशसभा दुई सिटमा बाम गठबन्धनले जितेको हो । जितसंगै गठबन्धनले निकटतम प्रतिद्धन्दी लोकतान्त्रि गठबन्धनलाई ‘क्लिन स्वीप’ गरेको छ । 

लोकतान्त्रिक गठबन्धन कांग्रेसका प्रतिनिधिसभा उम्मेद्वार सरस्वती वजिमयलाई १३ हजार ७ सय ६३ मतले पछि पार्दै बाम गठबन्धन एमालेका प्रतिनिधिसभा उम्मेद्वार बिशाल भट्टराई भारी मतले बिजयी भएका हुन् । भट्टराईले ३५ हजार ३ सय ७६ मत ल्याउँदा वजिमयको २१ हजार ६ सय १३ मत आएको थियो । 

प्रदेशसभा (क) का कांग्रेस उम्मेद्वार सुवास कुमार पोखरेललाई ५ हजार ५ सय २२ मतले पछि पार्दै बाम गठबन्धन (एमाले)का राजन राई बिजयी भएका छन् । राईले १८ हजार ९ सय ३३ मत ल्याएको थियो । पोखरेलले १३ हजार ४ सय ११ मतमा चित्त बुझाउनु परेको छ ।  

यस्तै, कांग्रेसका उम्मेद्वार बिष्णुकुमार राईलाई ६ हजार १३३ मतले पछि पार्दै वाम गठबन्धन (माओबादी केन्द्र)का उम्मेद्वार रामकुमार राई पासाङ विजयी भएका हुन् । निकटतम प्रतिद्धन्दी विष्णुको १२ हजार २ सय ३९ मत आउँदा बिजयी राईको १८ हजार ३ सय ७२ मत आएको थियो ।

प्रतिनिधिसभा बिजयी बिशाल भट्टराई

दुई महिना अगाडीबाट निवर्तमान सभासद भएका बाम गठबन्धनका (नेकपा एमाले) प्रतिनिधिसभा उम्मेदवार बनेका विशाल भट्टराई एमालेका वैकल्पिक केन्द्रीय सदस्य हुन् । भट्टराईको जन्म २०२५ साल चैत्र २२ गते खोटाङबजार – ६ मा भएको हो ।

खोटाङबाट प्रतिनिधिसभाको चुनावमा उठेका भट्टराईले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । खोटाङको भगवती माविमा २०३८ सालमा अखिलको सदस्य भएर राजनीति सुरु गरेका भट्टराई रत्नराज्य र महेन्द्ररत्न क्याम्पसको स्ववियु सभापति हुनुभएको थियो । भट्टराईले अनेरास्ववियुको केन्द्रीय प्रचार प्रमुख भएर पनि काम गर्नुभएको थियो ।

नेकपा एमाले जिल्ला कमिटि सदस्य, उपसचिव, सचिव, अध्यक्ष हुँदै अहिले वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ तत्कालिन बिद्रोही नेकपा माओबादीद्वारा ४६ दिन अपहरणमा समेत पर्नुभएको थियो ।

२०५६ सालको प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेसका शिवकुमार बस्नेतसँग खोटाङ क्षेत्र नम्बर २ मा पराजित भट्टराई २०६४ सालमा भएको संविधानसभा चुनावमा तत्कालीन माओवादीका उम्मेदवार समिता कार्कीसँग पराजित हुनुभयो । तर, २०७० सालको दोस्रो संविधानसभाको चुनावमा भने उहाँ त्यही क्षेत्रबाट विजयी भएका भट्टराई जिल्लाबाट प्रतिनिधिसभामा बिजयी हुनुभएको हो । 

प्रदेशसभा बिजयी राम कुमार राई पासाङ

बिस: २०६४ सालको संबिधानसभाको पहिलो निर्वाचनमा सांसदमा बिजयी भएका राई पुःन प्रदेशसभा (ख) मा दोहोरिएका हुन् । २०४१ सालमा मालेको विद्यार्थी संगठनबाट राजनितीमा सुरु गरेका राई खम्बूवान राष्ट्रिय मोर्चा, खम्बूवान र माओबादीनिकट लिम्बूवान मुक्ती मोर्चा मिलाएर बनेको किराती राष्ट्रिय मुक्तीमोर्चाको उपाध्यक्ष हुँदै हाल माओबादी केन्द्रका पोलिटव्यूरो सदस्यको भूमीकामा छन् ।

पार्टीभित्र सोझा र इमान्दार नेताको परिचय बनाएका राईसँग बहुदल आउनअघि २५ दिन जेलनेल भोगेको, जनयुद्ध कालमा बन्दुक बोकेर बिग्रेड कमिसार लगायत बनेको अनुभव छ । 

किराती मुक्ती मोर्चाबाट अलग्गिएपछि २०५९ सालमा बनेको किरात वर्कर्स पाटीका केन्द्रीय सदस्य बनेका राई २०६० सालमा पुःन किरात वर्कर्स पार्टी र माओबादीको एकता भएपछि सगरमाथा–जनकपुर व्यूरो सचिवालय सदस्य बनेका थिए । 

२०५६ सालमा सेनासँग भएको भिडन्तमा घाईते भएका उनले विभिन्न समयमा खोटाङ, भोजपुर, संखुवासभा, उदयपुरको इन्चार्जको जिम्मेवारी सम्हालेका थिए ।

 प्रदेशसभा बिजयी  राजन राई

२०३९ सालदेखि अनेरास्ववियु पाँचौंबाट राजनीतिक यात्रा सुरु गर्नुभएका राई हाल एमाले वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ । विद्यार्थी आन्दोलनका योद्धा राई यसअघि एमाले खोटाङका सचिव हुनुहुन्थ्यो ।

२०२८ साल कात्तिक २५ गते केपिलासगढी गाउँपालिका–३ बास्पानीमा जन्मनुभएका राईले काठमाडौंको आरआर क्याम्पसबाट स्नातकसम्मको अध्ययन गर्नुभएको छ । सालिन स्वभावका नेता राईले २०६२÷०६३ सालको जनआन्दोलनका क्रममा सात विद्यार्थी संगठनको नेतृत्व गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा