२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका सबै क्षेत्रमा वाम गठबन्धनको जीत, मतान्तर कति ?

२४ मंसिर २०७४, आईतवार १६:३१

मङ्सिर २४, सुरुङ्गा, झापा (रासस) | प्रतिनिधिसभा सदस्यतर्फ झापाका पाँचवटै र प्रदेशसभा सदस्यतर्फ दशवटै क्षेत्रमा वाम गठबन्धनले जीत हासिल गरेको छ । 

आज दिउँसो सार्वजनिक पाँचवटै क्षेत्रको अन्तिम मत परिणामअनुसार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा गठबन्धन विजयी बनेका हुन् । 

झापा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा राम कार्की विजयी हुनुभएको छ । नेकपा (माओवादी कोन्द्र)का स्थायी कमिटी सदस्य कार्कीले ३६ हजार १७३ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी विश्वप्रकाश शर्मासँग उहाँ दुई हजार ८७३ मतान्तरमा विजयी बन्नुभएको हो । शर्माले ३३ हजार ३१० मत प्राप्त गर्नुभयो । 

झापा क्षेत्र नं २ मा वाम गठबन्धनकी उम्मेदवार पवित्रा निरौला खरेल विजयी बन्नुभएको छ । नेकाका उम्मेदवार उद्वव थापालाई १३ हजार ७६७ मतले पछि पार्दै उहाँ विजयी बन्नुभएको हो । खरेलले ४५ हजार ८१७ मत प्राप्त गर्नुभयो भने थापाले ३२ हजार ५० मत प्राप्त गर्नुभयो । 

झापा क्षेत्र नं ३ मा वाम–राप्रपा गठबन्धनका तर्फबाट राप्रपाका राजेन्द्र लिङ्देन विजयी बन्नुभएको छ । लिङ्देनले नेपाली काँग्रेसका सिटौलालाई १३ हजार १५६ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो । लिङ्देनले ४४ हजार ६१४ मत प्राप्त गर्नुभएको छ भने सिटौलाले ३१ हजार १७१ मत प्राप्त गर्नुभयो । 

झापा क्षेत्र नं ४ मा वाम गठबन्धनका उम्मेदवार लालप्रसाद साँवा (एलपी) विजयी बन्नुभएको छ । १६ हजार ६९३ मतान्तरमा नेकाका उम्मेदवार देउकुमार थेवेलाई पराजित गर्दै उहाँ विजयी बन्नुभएको हो । साँवाले ४३ हजार ५१५ मत प्राप्त गर्नुभयो भने थेवेले २६ हजार ८२२ मत प्राप्त गर्नुभयो । 

झापा क्षेत्र नं ५ मा वाम गठबन्धनका उम्मेदवार केपी शर्मा ओली विजयी बन्नुभयो । ओलीले २८ हजार ८४२ मतको अन्तरले नेका उम्मेदवारलाई पराजित गर्दै विजय हासिल गर्नुभयो । एमाले अध्यक्षसमेत रहनुभएका ओलीले ५७ हजार १३९ मत प्राप्त गर्नुभयो भने नेकाका उम्मेदवार डा खगेन्द्र अधिकारीले २८ हजार २९७ मत प्राप्त गर्नुभयो । 

प्रदेशसभातर्फ झापा क्षेत्र नं १ को (क)मा एमालेका श्रीप्रसाद मैनाली विजयी बन्नुभएको छ । उहाँले नेका उम्मेदवार केशवराज पाण्डेलाई पाँच हजार ७३२ मत अन्तरले जीत हासिल गर्नुभयो । 

मैनालीले २२ हजार ९७२ मत प्राप्त गर्नुभयो भने पाण्डेले १७ हजार २४० मत प्राप्त गर्नुभएको छ । 

क्षेत्र नं १ कै (ख)मा एमालेका गोपालचन्द्र बुढाथोकी विजयी बन्नुभएको छ । उहाँले नेकाका उम्मेदवार अशोककुमार पोखरेललाई सात हजार ८६१ मत अन्तरले जीत हासिल गर्नुभयो । बुढाथोकीले १७ हजार ८३९ मत प्राप्त गर्नुभयो भने पोखरेलले नौ हजार ९७८ मत प्राप्त गर्नुभयो । 

क्षेत्र नं २ को (क)मा नेकपा (एमाले)का एकराज कार्की विजयी बन्नुभएको छ । कार्कीले नेकाका उम्मेदवार लक्ष्मण खड्कालाई पराजीत गर्दै विजयी बन्नुभएको हो । 

कार्कीले २१ हजार २८४ मत प्राप्त गर्नुभयो भने खड्काले १२ हजार ७९२ मत प्राप्त गर्नुभयो । उहाँहरुबीचको मतान्तर आठ हजार ५६२ रहेको छ । 

क्षेत्र नं २ को (ख)मा एमालेका बृख प्रधान विजयी बन्नुभएको छ । उहाँले नेकाका उम्मेदवार खड्ग प्रसाईंलाई सात हजार ९१ मतले पछि पार्दै विजयी बन्नुभएको हो । प्रधानले २५ हजार ४२१ मत प्राप्त गर्नुभएको छ भने प्रसाईंले १८ हजार ३३० मत प्राप्त गर्नुभयो । 

झापा क्षेत्र नं ३ को (क)मा एमालेका वसन्त बानियाँ निर्वाचित हुनुभएको छ । नेकाका उम्मेदवार भूमिप्रसाद राजवंशीलाई पछि पार्दै उहाँ विजयी बन्नुभएको हो । 

बानियाँले २२ हजार ५५३ मत प्राप्त गर्नुभयो भने राजवंशीले १७ हजार पाँच मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचको मतान्तर पाँच हजार ५४८ मत रहेको छ । 

क्षेत्र नं ३ कै (ख)मा माओवादी केन्द्रका पूर्णसिंह राजवंशी निर्वाचित हुनुभएको छ । उहाँले नेकाका उम्मेदवार भगीरथ पोद्दारलाई पछि पार्दै निर्वाचित हुनुभयो । राजवंशीले २२ हजार ६५ मत प्राप्त गर्नुभयो भने पोद्दारले १४ हजार ७५३ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचको मतान्तर सात हजार ३३० रहेको छ । 

क्षेत्र नं ४ को (क) मा नेकपा (माओवादी केन्द्र)का झलकसिंह दर्लामीले नेकाका उम्मेदवार किरण भट्टराईलाई चार हजार ७७५ मतान्तरले विजयी हुनुभएको छ । 

दर्लामीले १७ हजार २५६ मत प्राप्त गर्नुभएको छ भने भट्टराईले १२ हजार ४८१ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं ४ को (ख)मा एमालेका हिरा थापा निर्वाचित हुनुभएको छ । थापाले २४ हजार ९०१ मत प्राप्त गर्नुभयो भने नेकाका उम्मेदवार उत्तम सुवेदीले १४ हजार ९६५ मत प्राप्त गर्नुभएको छ । थापा र सुवेदीबीचको मतान्तर नौ हजार ९३६ रहेको छ । 

झापा क्षेत्र नं ५ को (क) मा नेकपा (एमाले)का हिक्मत कार्की निर्वाचित हुनुभएको छ । उहाँले २४ हजार ९८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकाका उम्मेदवार अनिलकृष्ण प्रसाईंले १८ हजार ६३६ मत प्राप्त गर्नुभयो । 

उहाँहरुबीचको मतान्तर पाँच हजार ४६२ रहेको छ । क्षेत्र नं ५ को (ख)मा नेकपा (एमाले)का अर्जुन राई निर्वाचित हुनुभयो । उहाँले ३० हजार ९७६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेकाका उम्मेदवार राजनबहादुर ढुंगानाले १० हजार ९९३ मत प्राप्त गर्नुभयो । उहाँहरुबीचको मतान्तर १९ हजार ९८३ रहेको छ । 

झापामा पाँच लाख ८५ हजार १६६ मतदाता रहे पनि चार लाख १४ हजार ९०१ मत खसेको थियो । प्रतिनिधि तथा प्रदेशसभा गरी १४१ जना उम्मेदवार चुनावी मैदानीमा उत्रिएका थिए । 

झापा क्षेत्र नं १ मा ७५ हजार ९७० मत खसेको थियो भने सदर मत ७३ हजार ३०३ मत र बदर मत सङ्ख्या दुई हजार ६७६ रहेको छ । 

क्षेत्र नं २ मा ८५ हजार ८१६ मत खसेको छ । क्षेत्र नं ३ मा ८२ हजार ९२४ मत खसेको छ भने क्षेत्र नं ४ मा ७७ हजार ३२५ मत खसेको छ । क्षेत्र नं ५ मा ९३ हजार ४८ मत खसेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो