११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

निर्वाचित भएपछी एमाले अध्यक्ष ओलीले नयाँ सरकार बारे यस्तो धारणा राखे

२५ मंसिर २०७४, सोमबार ०९:२९

मङ्सिर २५, भद्रपुर (रासस) | नेकपा (एमाले) का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं ५ बाट नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओलीले अब बन्ने सरकारले विकास र समृद्धिका लागि वैज्ञानिक प्रविधिको उच्चतम प्रयोग गर्ने बताउनुभएको छ । 

नेकपा (एमाले), नेकपा (माओवादी (केन्द्र) र राप्रपा जिल्ला कमिटी झापाद्वारा आज स्थानीय रंगशालामा आयोजित विजय सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

अध्यक्ष ओलीले लोकतान्त्रिक अभ्यासमा लोकतन्त्रप्रति सधँै प्रतिबद्ध रहने भन्दै नयाँ सरकारले जनताले खोजेको शान्ति सुरक्षा यथोचित ढंगले गर्ने बताउनुभयो । 

उहाँले निर्वाचनको सेरोफेरोमा म्यादी प्रहरीले बम आक्रमणबाट ज्यान गुमाएकाप्रति उच्च सम्मान गर्दै यो ऐतिहासिक निर्वाचनले जनताको काम गर्ने प्रतिनिधिलाई मात्र पत्याएकाले शासन सञ्चालनमा जनताको सहभागिता रहने विश्वास दिलाउनुभयो । 

कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रकुमार कार्कीले मुलुकमा प्रशस्त उद्योग सञ्चालन गरी वैदेशिक रोजगारमा जाने प्रवृत्तिलाई न्यूनीकरण गरिने बताउनुभयो । 

राप्रपा जिल्ला अध्यक्ष अमरबहादुर विष्टको अध्यक्षतामा भएको सो कार्यक्रमा झापा निर्वाचन क्षेत्र नं ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार लिङ्देनले आफूले जनताप्रति सधैँ बफादार भएर काम गर्ने बताउनुभयो । 

ओलीले लिए प्रमाणपत्र 


माथिको तश्विरमा: नेकपा (एमाले) का अध्यक्ष एवं झापा निर्वाचन क्षेत्र नं ५ का नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओलीलाई सोमबार निर्वाचन अधिकृत शकुन्तला कार्कीले निर्वाचित प्रमाणपत्र प्रदान गर्दै । तस्बिरः मोहम्मद सदरुल भद्रपुर, रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै