२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

निर्वाचित भएपछी एमाले अध्यक्ष ओलीले नयाँ सरकार बारे यस्तो धारणा राखे

२०७४, २५ मंसिर सोमबार ०९:२९

मङ्सिर २५, भद्रपुर (रासस) | नेकपा (एमाले) का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं ५ बाट नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओलीले अब बन्ने सरकारले विकास र समृद्धिका लागि वैज्ञानिक प्रविधिको उच्चतम प्रयोग गर्ने बताउनुभएको छ । 

नेकपा (एमाले), नेकपा (माओवादी (केन्द्र) र राप्रपा जिल्ला कमिटी झापाद्वारा आज स्थानीय रंगशालामा आयोजित विजय सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

अध्यक्ष ओलीले लोकतान्त्रिक अभ्यासमा लोकतन्त्रप्रति सधँै प्रतिबद्ध रहने भन्दै नयाँ सरकारले जनताले खोजेको शान्ति सुरक्षा यथोचित ढंगले गर्ने बताउनुभयो । 

उहाँले निर्वाचनको सेरोफेरोमा म्यादी प्रहरीले बम आक्रमणबाट ज्यान गुमाएकाप्रति उच्च सम्मान गर्दै यो ऐतिहासिक निर्वाचनले जनताको काम गर्ने प्रतिनिधिलाई मात्र पत्याएकाले शासन सञ्चालनमा जनताको सहभागिता रहने विश्वास दिलाउनुभयो । 

कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रकुमार कार्कीले मुलुकमा प्रशस्त उद्योग सञ्चालन गरी वैदेशिक रोजगारमा जाने प्रवृत्तिलाई न्यूनीकरण गरिने बताउनुभयो । 

राप्रपा जिल्ला अध्यक्ष अमरबहादुर विष्टको अध्यक्षतामा भएको सो कार्यक्रमा झापा निर्वाचन क्षेत्र नं ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार लिङ्देनले आफूले जनताप्रति सधैँ बफादार भएर काम गर्ने बताउनुभयो । 

ओलीले लिए प्रमाणपत्र 


माथिको तश्विरमा: नेकपा (एमाले) का अध्यक्ष एवं झापा निर्वाचन क्षेत्र नं ५ का नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओलीलाई सोमबार निर्वाचन अधिकृत शकुन्तला कार्कीले निर्वाचित प्रमाणपत्र प्रदान गर्दै । तस्बिरः मोहम्मद सदरुल भद्रपुर, रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह