२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामलाई देशकै नमुना जिल्ला बनाइने: नेम्वाङ

२५ मंसिर २०७४, सोमबार १३:०६

मङ्सिर २५, इलाम । नवनिर्वाचित सांसद सुवास नेम्वाङले निर्वाचनताका जनतासँग गरिएका प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ । 

देउमाई नगरपालिकास्थित मङ्गलवारे बजारमा वाम गठबन्धनद्वारा आज आयोजित विजयोत्सवलाई सम्बोधन गर्दै पूर्व सभामुख नेम्वाङले भन्नुभयो “जनताको मतले हामीले चुनाव जितेका हौँ, अब तिनै जनताका आवश्यकता र माग पूरा गर्ने हाम्रो पहिलो दायित्व हो ।” 

पाँच वर्षभित्र इलामलाई देशकै नमुना जिल्ला बनाउने लक्ष्यका साथ अघि बढ्ने बताउँदै उहाँले घोषणापत्रमा उल्लेख भएबमोजिम विकास र पूर्वाधार निर्माण गरिने छ भन्नुभयो । 

कार्यक्रममा प्रदेशसभा–२ (क) सदस्य राम रानाले यस क्षेत्रका १० हजार युवालाई रोजगारीको सुनिश्चितता गरिने, शैक्षिक जनशक्ति उत्पादन गर्ने शिक्षालयको निर्माण गर्ने तथा उद्योग कलकारखानाको स्थापना गरेर गरिबी उन्मूलन गर्ने खालका नयाँ कार्यक्रम ल्याइने जानकारी दिनुभयो । 

प्रदेशसभा–२ (ख) सदस्य धीरेन्द्र शर्माले आफूले जितेको क्षेत्र कर्णाली जस्तै भएकाले त्यसको विकास र समृद्धिमा आफू कटिबद्ध रहने दृढता व्यक्त गर्नुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…