११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

अन्तर्घातको कारण निर्वाचन हारेको निष्कर्ष निकाल्दै २० जनालाई पार्टीबाटै निष्काशित ! (बिज्ञप्ति सहित)

२५ मंसिर २०७४, सोमबार १३:५३

पूर्णप्रसाद न्यौपाने | मङ्सिर २५, ओखलढुंगा | पार्टी भित्रको अन्तरघातका कारण चुनाव हारिएको ओखलढुंगा कांग्रेसले निश्कर्ष निकालेको छ । निर्वाचनको समिक्षा गर्न बसेको कांग्रेस जिल्ला कार्यसमितिको वैठकले कांग्रेसकै नेता र कार्यकर्ताहरुले पार्टीका आधिकारीक उमेद्वारलाई असहयोग गरेका कारण चुनावको नतिजा आफ्नो पक्षमा नआएको निश्कर्ष निकालेको हो ।

यसैबिच कांग्रेसले अन्तरघात गर्नेहरुलाई पहिचान गरेर २० जनालाई साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेको छ । पार्टीलाई अन्तरघात गरेको भन्दै कांग्रेसले महासमिति सदस्यहरु टेकराज भटराई,कुमार लुईटेल र महाधिवेशन प्रतिनिधि लिला बल्लभ दाहाल सहित स्वतन्त्र उमेद्वार ज्ञानेन्द्र रुम्दाली,रुम्दालीका प्रस्तापक समर्थक महाधिवेशन प्रतिनिधि रामजी वास्तोला, महासमिति सदस्य कमल तामाङ सहित  २० जनालाई पार्टीबाट निष्कासन गरेको छ । कारबाहीमा पर्नेहरुमा २ जना वडा अध्यक्ष समेत छन् । स्वतन्त्र उमेद्वारलाई सहयोग गरेको भन्दै मानेभञ्ज्याङ गाउँपालिका १ का वडा अध्यक्ष राजकुमार रुम्दाली र मानेभञ्ज्याङ गाउँपालिका ८ का वडा अध्यक्ष भिमबहादुर मगरलाई कांग्रेसले निष्कासन गरेको कांग्रेस प्रवत्ता राजकुमार ढुंगानाले बताउनुभयो । यो कारबाही पार्टीको विधान बमोजिम हुने जनाईएको छ ।

सदरमुकाममा पत्रकार सम्मेलन गरेर काग्रेसले अन्तरघातीहरुलाई कारबाही गरिएको जानकारी दिएको हो । कांग्रेसका उमेद्वार रामहरी खतिवडा, मित्रसेन दाहाल, प्रदिप सुनुवार र समानुपातीक उमेद्वार गोमा केसीले कार्यकर्तालाई कारबाही गरेको विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप