२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

चुनाव हारेपछि पनि फेरि गाउँमै पुगे नेता

२०७४, २८ मंसिर बिहीबार ०४:०५

मङ्सिर २८, तेह्रथुम । थोरै नेता हुन्छन्, जो चुनाव जितेपछि फेरि मतदाताकै घरदैलोमा पुगिरहेका हुन्छन् । 

त्यसो त चुनाव जितेपछि फेरि गाउँ आउँदैनन् भन्ने मतदाताको आरोप चुनाव जितेका नेतालाई सबैतिर नै हुन्छ । तर यहाँको प्रदेशसभा (ख) क्षेत्रमा प्रत्यक्षतर्फ पराजित बनेका एक नेता हारे पनि फेरि गाउँमा मतदातामाझ पुगेका छन् । 

चुनाव हारेपछि प्रदेशसभा (ख) क्षेत्रका नेपाली काँग्रेसका उम्मेदवार विजय सम्बाहाम्फे पुनः गाउँ पस्नुभएको हो । सम्बाहाम्फेले मत परिणाम घोषणा भएकै दिनदेखि गाउँगाउँ पुगेर मतदातालाई धन्यवाद दिइरहनुभएको छ । प्रदेशसभा (ख) क्षेत्रमा जम्मा आठ राजनीतिक दलको उम्मेदवारी थियो । 

कुल ३० हजार ५८८ मतदातामध्ये १९ हजार ९६३ मत खसेकोमा १० हजार ३०२ मत ल्याएर वाम गठबन्धनका लागि एमालेका उम्मेदवार तेजमान कन्दङ्वा विजयी हुनुभयो । काँग्रेस उम्मेदवार सम्बाहाम्फे आठ हजार ४७ मत ल्याउँदै दुई हजार २५५ मतले पराजित हुनुभयो । तर पराजित हुनुमा उहाँ कति पनि दुःखी देखिनुभएन । 

यसपटकको चुनावमा माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवारका लागि जिल्लाबाट सर्वसम्मत सिफारिश भएका सम्बाहाम्फे वाम–गठबन्धन भएपछि टिकट नपाएर काँग्रेस प्रवेश गरी प्रदेशसभा (ख) मा उम्मेदवार बन्नुभएको थियो । त्यसो त उहाँका लागि काँग्रेस पनि नौलो पार्टी थिएन । 

२०६४ अघि नै काँग्रेसको जिल्ला कोषाध्यक्ष भइसक्नुभएका उहाँ पुनः काँग्रेसमै फर्किएर उम्मेदवार हुनुभएको हो । हाल निजी तथा व्यावसायिक विद्यालय अर्गनाइजेसनको केन्द्रीय अध्यक्षसमेत रहनुभएका सम्बाहाम्फे चुनावमा आएको परिणामबाट आफू दुःखी नभएको बताउनुहुन्छ । “जनताको घरदैलोसम्म पुगेर अनुमोदित हुने मौका पाएँ,” उहाँ भन्नुहुन्छ, “चुनावमा जित्नुमात्र ठूलो कुरा होइन ।” 

चुनावपछि मतदातालाई धन्यवाद दिँदै गाउँगाउँ पुगिरहेका उहाँले आफूले बाँडेका आशा र योजना चुनाव हारे पनि पूरा गर्ने प्रतिबद्धतासमेत जनाइरहनुभएको छ । “चुनाव त मैले हारेकै हुँ” उहाँ भन्नुहुन्छ, “चुनाव हारे पनि म जनताको मन जित्न गाउँ आएको हुँ, चुनाव जित्नुमात्र ठूलो कुरा हैन, जनताको मन जित्नु चाँहि ठूलो कुरा हो ।” 

सम्बाहाम्फेले आफ्नो क्षेत्रका मतदातालाई आफ्नो मत खेर गयो भनेर निरुत्साहित नहुन भनिरहनु भएको छ । “चुनावी अभियानका क्रममा मतदातामाझ बोलेका योजना र प्रतिबद्धता पूरा गर्न आफू निरन्तर लागिरहन्छु, अब म जनताको मन जित्छु” उहाँले भन्नुभयो । प्रदेशसभा (ख) क्षेत्रमा मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिका पर्दछन् । 

सम्बाहाम्फे फेदाप गाउँपालिकाको जलजलेमा जन्मनुभएको हो । अहिले उहाँ काठमाडौँमा बस्नुहुन्छ । लामो समयसम्म काठमाडौँमा बसेर शिक्षा सेवा गरेका सम्बाहाम्फेले जन्मथलो फर्किएर राजनीति गर्ने शोख देखाउनुभएको हो । आफू थोरै मतान्तरले पराजित हुनु नै उपलब्धि भएको सम्बाहाम्फेले बताउनुभयो । 

“यो जिल्ला वामपन्थीको बाहुल्य क्षेत्र हो”, उहाँ भन्नुहुन्छ, “संगठन कमजोर भएको काँग्रेसबाट उम्मेदवार भएर यति मत ल्याउनु मेरो लागि उपलब्धि नै हो ।” 

सम्बाहाम्फेले पत्रकार सम्मेलनको आयोजना गर्दै आफूलाई मतदान गर्ने मतदातालाई धन्यवादसमेत दिनुभयो । उहाँले विजयी एमालेका तेजमान कन्दङवालाई बधाईसमेत दिइसक्नुभएको छ । प्रकाश धौलाकोटीरासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश