२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

कांग्रेसले खोटाङमा चुनाव प्रचार–प्रसारका सामग्री हटायो

२०७४, २८ मंसिर बिहीबार १७:४७

चिसाङ शेर्पा/मंसिर २८, खोटाङ । नेपाली कांग्रेस खोटाङले चुनाव प्रचार–प्रसारका क्रममा प्रयोग गरेका चुनावी सामग्री हटाएको छ । 

विहीवार विहान सदरमुकाम दिक्तेलबजारमा पार्टीका शिर्षस्त नेताहरुसहितको टोलीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रयोग गरेका सामग्री हटाएका हुन् । सफा र सुन्दर बजार बनाउँनका लागि कांग्रेसले प्रचार–प्रसारका समयमा टाँगेका पोस्टर, पर्चा, पम्प्लेट, तोरण र झण्डा हटाएका छन् । 

कांग्रेसले उच्च लोकतान्त्रिक संस्कार र निर्वाचन आचार संहिताको पूर्ण पालना गर्दै समग्री हटाएको नेविसंघका जिल्ला सभापति राजकुमार वस्नेतले बताए । उनले भने, ‘आफुले निर्वाचनको क्रममा प्रयोग गरेका प्रचार सामग्री हटाएर बजार एवंम गाउँलाई सफा र सुन्दर बनाउँनु हामी सवैको दायित्व भएकाले प्रयोग गरेका समग्री हामीले नै हटाएर बजारलाई कुरुप हुनबाट जोगाएका हौ ।’ 

विगतका निर्वाचनमा भने कुनैपनि पार्टीले महिनौसम्म प्रचार सामग्री हटाउँने गरेका थिएनन् । त्यही रेकर्ड ब्रेक गर्दै खोटाङ कांग्रेसले प्रचार सामग्री हटाएका हुन् । कांग्रेसले आफ्ना प्रचार सामग्री हटाएपनि अन्य दलले भने हटाएका छैनन् । कांग्रेसले दिक्तेलबजारबाट सुरु गरेको अभियान जिल्लाका ठूला ब्यापारिक केन्द्र, बजार तथा गाउँसम्म गर्ने जनाएको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन