२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाई पालनबाट वार्षिक बाह्र लाख कमाइ

२०७४, २९ मंसिर शुक्रबार ०८:५७

मङ्सिर २९, तेह्रथुम । छथर गाउँपालिका–१, आङदिमका ज्ञानेन्द्र कार्की सात वर्ष विदेशमा बसेर आएपछि फेरि पनि विदेशिने सोचमा हुनुहुन्थ्यो । 

स्वदेशमा रोजगारी नपाउँदा निराश बनेका युवा दुई/चार पैसा कमाउन भन्दै विदेसिने क्रम बढ्दो छ । तर उनीहरुमध्ये कमैले मात्र सोचेका हुन्छन् कि मेहिनेत गर्दा स्वदेशमा आफैँ पनि रोजगार बन्न सकिन्छ भनेर । 

एक पटक मलेसिया पुगेर त्यहाँको दुःख झेलिसकेका कार्कीले त्यहाँ रहँदाको दुःख, पीडा र त्यहाँ कमाएको थोरै रकम पनि बचत गर्न नसकेको सम्झिनुभयो । एक पटक घरै बसेर रोजगार बन्न प्रयास गर्ने निधो गर्नुभयो । अन्ततः दरिलो जोश, जाँगर र थोरै भए पनि लगानी गर्ने हो भने स्वदेशमा नै प्रशस्त धनआर्जन गर्न सकिन्छ भन्ने प्रमाणित गर्नुभएको छ कार्कीले । 

त्यतिवेला तीनवटा उन्नत जातका गाई इलामबाट ल्याएर थालेको व्यावसायिक गाईपालनबाट उहाँले अहिले घरैमा बसेर वार्षिक रु १२ लाखभन्दा बढी कमाउनुहुन्छ । उहाँको फार्ममा अहिले १२ वटा उन्नत जातका गाई छन् । अहिलेसम्म कार्कीको गाई फार्ममा झण्डै रु २० लाख लगानी भइसकेको छ । शुरुमा आफैँले ऋण काढेर रु तीन लाख लगानीले थालेको व्यवसायमा अहिले रु दुई लाख थप्नुभएको छ । प्राइम बैंक र कृषि विकास बैंकबाट रु पाँच÷पाँच लाख कर्जा लिनुभएको छ । 

फार्म सञ्चालनका लागि स्थानीय वित्तीय संस्थाले समेत सहयोग गर्दै आएको कार्कीले बताउनुभयो । दुई वर्षमा उहाँले फार्मको खर्च कटाएर रु १० लाख ऋण चुक्ता गर्नुभएको छ । फार्ममा रहेका १० वटा गाईले दैनिक ७० लिटर दूध दिने गरेका छन् । गाउँमा डेरीले प्रतिलिटर रु ४५ देखि रु ५५ सम्ममा दूध खरिद गरिरहेका छन् । अहिले दूधबाट मात्रै कार्कीले मासिक रु एक लाख २० हजार आम्दानी गर्नुहुन्छ । 

“रु ६० हजारसम्म बचत हुन्छ,” उहाँले भन्नुभयो । विदेशबाट फर्किएपछि गाउँमा गाईपालन व्यवसायको थालनी हुँदै गर्दा आफू व्यावसायिक गाईपालनबारे जानकारी लिन गोरखासम्म पुगेको कार्कीले सुनाउनुभयो । गाईपालनबाट मनग्य आम्दानी लिन सकिने थाहा पाएपछि कार्की त्यसतर्फ लाग्नुभएको हो । 

“विदेशमा धेरै मिहेनत गर्नुपर्छ,” कार्कीले भन्नुभयो– “घरपरिवारबाट अलग्गिएर चर्को घाममा ज्यानको माया मारी काम गर्नुपर्छ ।” उहाँ स्वदेशमै गरेको कमाइबाट सन्तुष्ट हुनुहुन्छ । “यहाँ कमाइ पनि छ, जोखिम पनि छैन, सुखदुःख साँट्ने परिवार पनि साथै छ,” उहाँले भन्नुभयो । 

रोजगारी नपाएर विदेशिनुभएका कार्कीले अहिले आफ्नो गाई फार्ममा तीन जनालाई रोजगारी समेत दिनुभएको छ । गाईको रेखदेख, घाँस काट्ने, खोले र दाना पानी खुवाउने, दुहुनेलगायत काम उहाँहरुले गर्नुहुन्छ । गाईको संख्या बढाएर १५ वटा पु¥याउने उहाँको लक्ष्य छ । 

कार्कीले गाईपालनका लागि ५० किलो घाँसको बीउ ल्याएर खेती गर्नुभएको छ । सरकारी अनुदानबापत अहिलेसम्म घाँसको बीउ मात्र पाएको उहाँको भनाइ छ । युवालाई कृषि पेशामा प्रोत्साहन गर्न सरकारले कुनै कार्यक्रम नल्याएको कार्कीको गुनासो छ ।  प्रकाश धौलाकोटी/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा