२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगा: वडा अध्यक्षले गरे १ सय ८० दिनको कार्य विवरण सार्वजनिक

२२ पुष २०७४, शनिबार ०६:५६

पुस २२, ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ का वडा अध्यक्ष कमल न्यौपानेले १ सय ८० दिनको कार्य विवरण सार्वजनिक गर्नुभएको छ । 

वडा स्तरका सरोकारवालाहरुको उपस्थितीमा एक कार्यक्रमका बिच अध्यक्ष न्यौपानेले आफु निर्वाचित भएपछिको १ सय ८० दिनमा भएका कामहरुको सबै विवरण सार्वजनिक गर्नुभएको हो । 


पारदर्शीताको अभ्यास गर्नु अहिलेको आवश्यकता भएकाले आफुले गरेका कामहरुको विवरण सार्वजनिक गरेको अध्यक्ष न्यौपानेले बताउनुभयो । ‘जतनाको प्रतिनिधि हुँ, मैले गरेका सबै कामहरुबारे जनताले थाहा पाउनुपर्छ त्यसैले सबै गतिविधीहरु सार्वजनिक गरिएको हो’न्यौपानले भन्नुभयो‘कोठामा बसेर योजना बनाउने र कोठैमा काम सकेर कोठैमा समिक्षा गर्ने चलन अझै पनि यदाकदा पाईन्छ,त्यो जनभावना विपरितको कार्य हो, त्यसैले मैले जनताको चाहना र नितिगत व्यवस्था अनुसार मैले अलि फरक अभ्यास गरेँ ।’ 

आफु पारदर्शी बन्ने र वडाका सबै निकायलाई पारदर्शी बनाएर खिजीकातीलाई भष्टचारमुक्त तथा शुसासन युक्त वडा बनाउने आफ्नो योजना रहेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

सार्वजनिक गरिएको २९ बुँदे विवरणमा वडा अध्यक्ष सहित वडाबाट निर्वाचित पदाधिकारीले गरेका कामहरु प्रष्टसँग उल्लेख गरिएको छ । न्यौपानेले वडा अध्यक्षको हैसियतले विभिन्न विषयका बैठक र छलफलमा सहभागी हुनेदेखी वडा कार्यालयमा ईमेल र ईन्टरनेटको पहँुच विस्तार, भूकम्प पिडितको गुनासो सुनुवाई र उत्पन्न विवादको समाधान गरि मेलमिलापको वातावरण बनाउने सम्मका महत्वकांक्षी कामहरु गरेको विवरण सार्वजनिक गर्नुभएको छ ।

यसैबिच खिजीकातीमा पौष मसान्त सम्ममा सबै योजना सम्झौता गरेर समयमै काम सक्ने निर्णय समेत भएको हाम्रा स्थानीय संवाददाताले जनाएका छन् । वडा अध्यक्ष सहित निर्वाचित पदाधिकारीले गरेको काम र पारदर्शीताको अभ्यासको स्थानीय सरोकारवालाहरुले प्रशंसा गरेका छन् । 

ओखललढुंगामा निर्वाचित जनप्रतिनिधीहरु मध्ये युवा जनप्रतिनिधीहरुले आफले गरेको कामको विवरण सार्वजनिक गर्न थालेका छन् । यसअघि जिल्लाको सुनकोशी गाँउपालिका वडा नं.९ का वडा अध्यक्ष झनक कुमार कार्कीले आफु निर्वाचत भएपछिको १३१ दिनको कार्यप्रगति सार्वजनिक गर्नुभएको थियो ।

जनप्रतिनिधिले सार्वजनिक गरेको विवरण जवाफदेहिताको नमूना भएको स्थानीय अगुवाहरुले बताएका छन् । 

पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत ओखलढुङ्गामा कार्यरत सोच नेपालका जिल्ला प्रतिनिधी तथा नेपाल पत्रकार महासंघका कार्यबहाक अध्यक्ष शिबप्रसाद ढुङ्गानाले जिल्लामा जवाफदेहिताको नमूना पेश गर्ने जनप्रतिधिहरुलाई बधाई दिदै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो । वडाअध्यक्षहरु कमल र झनकबाट जिल्लाका अन्य जनप्रतिनिधीहरुले पनि पाठ सिकेर आफुले गरेका गतिबिधी सार्वजनिक गर्न सक्नुपर्ने उहाँको भनाई छ ।

प्रतिनिधि सभा सदस्य सांसद यज्ञराज सुनुवारले जिल्लालाई भष्टचारमुक्त बनाउने अभियानको थालनी वडाअध्यक्षहरुबाट हुनु स्वागत योग्य भएको बताउनुभयो । 

ओखलढुंगालाई भष्टचारमुक्त बनाउने अभियानमा लाग्न सबै जनप्रतिनिधि र सरोकारवालालाई सांसद सुनुवारले आग्रह गर्नुभयो । सबै जनप्रतिनिधिहरुले आफुले गरेका कामको विवरण समय समयमा सार्वजनिक गर्नुपर्ने भएपनि जिल्लाका २ वडा अध्यक्ष बाहेक अरुले सार्वजनिक गरेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य