२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगा: वडा अध्यक्षले गरे १ सय ८० दिनको कार्य विवरण सार्वजनिक

२०७४, २२ पुष शनिबार ०६:५६

पुस २२, ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ का वडा अध्यक्ष कमल न्यौपानेले १ सय ८० दिनको कार्य विवरण सार्वजनिक गर्नुभएको छ । 

वडा स्तरका सरोकारवालाहरुको उपस्थितीमा एक कार्यक्रमका बिच अध्यक्ष न्यौपानेले आफु निर्वाचित भएपछिको १ सय ८० दिनमा भएका कामहरुको सबै विवरण सार्वजनिक गर्नुभएको हो । 


पारदर्शीताको अभ्यास गर्नु अहिलेको आवश्यकता भएकाले आफुले गरेका कामहरुको विवरण सार्वजनिक गरेको अध्यक्ष न्यौपानेले बताउनुभयो । ‘जतनाको प्रतिनिधि हुँ, मैले गरेका सबै कामहरुबारे जनताले थाहा पाउनुपर्छ त्यसैले सबै गतिविधीहरु सार्वजनिक गरिएको हो’न्यौपानले भन्नुभयो‘कोठामा बसेर योजना बनाउने र कोठैमा काम सकेर कोठैमा समिक्षा गर्ने चलन अझै पनि यदाकदा पाईन्छ,त्यो जनभावना विपरितको कार्य हो, त्यसैले मैले जनताको चाहना र नितिगत व्यवस्था अनुसार मैले अलि फरक अभ्यास गरेँ ।’ 

आफु पारदर्शी बन्ने र वडाका सबै निकायलाई पारदर्शी बनाएर खिजीकातीलाई भष्टचारमुक्त तथा शुसासन युक्त वडा बनाउने आफ्नो योजना रहेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

सार्वजनिक गरिएको २९ बुँदे विवरणमा वडा अध्यक्ष सहित वडाबाट निर्वाचित पदाधिकारीले गरेका कामहरु प्रष्टसँग उल्लेख गरिएको छ । न्यौपानेले वडा अध्यक्षको हैसियतले विभिन्न विषयका बैठक र छलफलमा सहभागी हुनेदेखी वडा कार्यालयमा ईमेल र ईन्टरनेटको पहँुच विस्तार, भूकम्प पिडितको गुनासो सुनुवाई र उत्पन्न विवादको समाधान गरि मेलमिलापको वातावरण बनाउने सम्मका महत्वकांक्षी कामहरु गरेको विवरण सार्वजनिक गर्नुभएको छ ।

यसैबिच खिजीकातीमा पौष मसान्त सम्ममा सबै योजना सम्झौता गरेर समयमै काम सक्ने निर्णय समेत भएको हाम्रा स्थानीय संवाददाताले जनाएका छन् । वडा अध्यक्ष सहित निर्वाचित पदाधिकारीले गरेको काम र पारदर्शीताको अभ्यासको स्थानीय सरोकारवालाहरुले प्रशंसा गरेका छन् । 

ओखललढुंगामा निर्वाचित जनप्रतिनिधीहरु मध्ये युवा जनप्रतिनिधीहरुले आफले गरेको कामको विवरण सार्वजनिक गर्न थालेका छन् । यसअघि जिल्लाको सुनकोशी गाँउपालिका वडा नं.९ का वडा अध्यक्ष झनक कुमार कार्कीले आफु निर्वाचत भएपछिको १३१ दिनको कार्यप्रगति सार्वजनिक गर्नुभएको थियो ।

जनप्रतिनिधिले सार्वजनिक गरेको विवरण जवाफदेहिताको नमूना भएको स्थानीय अगुवाहरुले बताएका छन् । 

पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत ओखलढुङ्गामा कार्यरत सोच नेपालका जिल्ला प्रतिनिधी तथा नेपाल पत्रकार महासंघका कार्यबहाक अध्यक्ष शिबप्रसाद ढुङ्गानाले जिल्लामा जवाफदेहिताको नमूना पेश गर्ने जनप्रतिधिहरुलाई बधाई दिदै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो । वडाअध्यक्षहरु कमल र झनकबाट जिल्लाका अन्य जनप्रतिनिधीहरुले पनि पाठ सिकेर आफुले गरेका गतिबिधी सार्वजनिक गर्न सक्नुपर्ने उहाँको भनाई छ ।

प्रतिनिधि सभा सदस्य सांसद यज्ञराज सुनुवारले जिल्लालाई भष्टचारमुक्त बनाउने अभियानको थालनी वडाअध्यक्षहरुबाट हुनु स्वागत योग्य भएको बताउनुभयो । 

ओखलढुंगालाई भष्टचारमुक्त बनाउने अभियानमा लाग्न सबै जनप्रतिनिधि र सरोकारवालालाई सांसद सुनुवारले आग्रह गर्नुभयो । सबै जनप्रतिनिधिहरुले आफुले गरेका कामको विवरण समय समयमा सार्वजनिक गर्नुपर्ने भएपनि जिल्लाका २ वडा अध्यक्ष बाहेक अरुले सार्वजनिक गरेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह