२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिराटनगरमा अस्थायी मुकाम तोकिएपछी खुसियाली र दीप प्रज्वलन

२०७४, ४ माघ बिहीबार ०१:२०

माघ ४, विराटनगर (रासस) | प्रदेश नं १ को अस्थायी मुकामका रुपमा विराटनगरलाई तोकेपछि सरकारको यस निर्णयलाई व्यापक रुपमा स्वागत गरिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगरलाई प्रदेश नं १ अस्थायी मुकाम तोकेको हो । ऐतिहासिक नगरी विराटनगरमा अस्थायी राजधानी हुनुपर्ने सबै पूर्वाधार विद्यमान रहेकाले सरकारको यो निर्णय न्यायपूर्ण भएको भनेर विभिन्न क्षेत्रका व्यक्तिले सोही अनुरुप आ–आफ्ना विचार व्यक्त गर्नुभएको छ । 

नेकपा (एमाले)का मोरङ अध्यक्ष विनोद ढकालले विराटनगरलाई प्रदेश नं १ को अस्थायी मुकाम तोकेको कार्यलाई हार्दिक स्वागत गर्नुभएको छ । उहाँले विराटनगरमा सबै पूर्वाधार रहेकाले विराटनगरबाहेक अन्यत्र विकल्प नरहेको स्पष्ट पार्नुभयो । 

नेकपा (माओवादी केन्द्र) मोरङका नेता गोपी अछामीले विराटनगरलाई अस्थायी राजधानी बनाउने कार्य अत्यन्त राम्रो भएको प्रसङ्ग उल्लेख गर्दै मिश्रित बसोबास भएको, सीमावर्ती क्षेत्रका पिछडिएका वर्ग, उत्पीडित जाति, आदिवासी जनजातिलगायत सबैको उत्थानमा सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो । 

संघीय समाजवादी फोरम नेपाल, मोरङका अध्यक्ष राजकुमार यादवले सरकारको निर्णय स्वागतयोग्य रहेको र ऐतिहासिक नगरी विराटनगर लगायतका क्षेत्रको विकासमा थप बल पुग्ने धारणा प्रकट गर्नुभयो । 

मोरङ व्यापार संघका अध्यक्ष पवन शारदाले प्रत्येक दृष्टिकोणबाट विराटनगर अस्थायी राजधानी हुनुपर्ने थियो, राजा विराटको राजधानी, औद्योगिक नगरीका साथै स्वास्थ्य, शिक्षा, समानुपातिक तथा समावेशी आधारमा पनि विराटनगरबाहेक अन्य विकल्प नरहेको बताउनुभयो । 

अर्का उद्योगपति नवीन रिजालले विराटनगरका साथै नजिकका बजारहरुमा चहलपहल बढ्ने, उद्योग स्थापना हुने, रोजगारमा बृद्धि हुनाका साथै नयाँ कार्यालयहरु स्थापना भएपछि निम्नवर्गसमेत लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । 

विराटनगरका स्थानीयवासी सन्तोष यादवले विराटनगर अस्थायी राजधानी भएकोमा गौरवान्वित महसुश गरिरहेको बताउनुभयो । यसको माध्यमबाट समाजका सबै वर्गलाई लाभ पुग्ने कुरा उहाँले बताउनुभयो । 

दीप प्रज्वलन 

यसैबीच, सरकारले प्रदेश नं १ को अस्थायी मुकाम विराटनगरलाई तोकेपछि बुधबार साँझ विराटनगरवासीले खुशियालीमा दीप प्रज्वलन गरेका छन् । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्कीले विराटनगर महानगरपालिकामा दीप प्रज्वलन गरी सरकारको यस कदमलाई स्वागत गर्नुभएको छ । 

सो अवसरमा प्रमुख भीम पराजुलीले विराटनगर अस्थायी मुकाम भएकोमा खुशी प्रकट गर्नुहुँदै ऐतिहासिक नगरी सबै पूर्वाधारयुक्त विराटनगरलाई अस्थायी मुकाम बनाउनका लागि लामो समयदेखि गरिएका प्रयास सफल भएको बताउनुभयो । यसका साथै विराटनगरको मुख्य बजार, ट्राफिकचोक, महेन्द्रचोकलगायत विभिन्न ठाउँमा दीप प्रज्वलन गरी स्वागत गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह