११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

यस्ता छन् प्रदेस नं १ को अस्थायी मुकामका भवन

४ माघ २०७४, बिहीबार १२:०८

माघ ४ विराटनगर  | प्रदेश नं १ को अस्थायी मुकाम छनोटमा परेको विराटनगरमै प्रदेशका कार्य सञ्चालन हुने सम्भावना बढेको छ । 

शहरी तथा भवन निर्माण कार्यालय लगायतका टोलीले प्रदेशको अस्थायी मुकामका लागि विराटनगर, इटहरी, धरान र धनकुटाको भौतिक पूर्वाधारको अध्ययन गरी प्रतिवेदन पेश गरेको थियो । पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको अध्यक्षतामा गत मंसिर २६ गते विराटनगरस्थित जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले क्षेत्रीय प्रमुखको कार्यालय÷निवासका लागि क्षेत्रीय कृषि निर्देशनालयको भवन छनोट गरेको हो । 

क्षेत्रीय पशुसेवा निर्देशनालयको भवनमा मुख्यमन्त्रीको कार्यालय÷निवास राख्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ओम बस्नेतले जानकारी गराउनुभयो । 

त्यस्तै जिल्ला समन्वय समितिको भवनमा प्रदेशसभाको सचिवालय, वीरेन्द्र सभागृहमा प्रदेश सभाको भवन र क्षेत्रीय सिँचाइ कार्यालयमा मुख्य सचिवको कार्यालय स्थापना गरिनेछ । 

प्रदेश नं १ को मन्त्रालय सञ्चालनका लागि आठवटा कार्यालयको भवन छनोटमा परेको छ । सोअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय, क्षेत्रीय प्रविधि तथा गुण नियन्त्रणको प्रशासकीय भवन, सुनसरी मोरङ सिँचाइ आयोजनाको भवन, क्षेत्रीय वन तथा तालीम केन्द्रको भवन, जल उत्पन्न कार्यालयको भवन, जिल्ला जनस्वास्थ्य कार्यालयको भवन, शहरी विकास आयोजनाको अतिथिगृह र क्षेत्रीय हुलाक कार्यालयको भवन छनोट गरिएको हो । 

यस सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले प्रदेशका कार्यालय सभाभवन, निवास र मन्त्रालयलगायतका कार्यालयका लागि छनोट भएका स्थानको सम्बन्धमा उचित विकल्प प्राप्त भएको अवस्थामा परिवर्तन पनि हुनसक्ने र यस विषयमा राजनीतिक दलसँग पनि परामर्श लिने जानकारी गराउनुभयो । छनोटमा परेका भवनमा अविलम्ब मर्मत सम्भार गरिने उहाँले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह