२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

यस्ता छन् प्रदेस नं १ को अस्थायी मुकामका भवन

२०७४, ४ माघ बिहीबार १२:०८

माघ ४ विराटनगर  | प्रदेश नं १ को अस्थायी मुकाम छनोटमा परेको विराटनगरमै प्रदेशका कार्य सञ्चालन हुने सम्भावना बढेको छ । 

शहरी तथा भवन निर्माण कार्यालय लगायतका टोलीले प्रदेशको अस्थायी मुकामका लागि विराटनगर, इटहरी, धरान र धनकुटाको भौतिक पूर्वाधारको अध्ययन गरी प्रतिवेदन पेश गरेको थियो । पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको अध्यक्षतामा गत मंसिर २६ गते विराटनगरस्थित जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले क्षेत्रीय प्रमुखको कार्यालय÷निवासका लागि क्षेत्रीय कृषि निर्देशनालयको भवन छनोट गरेको हो । 

क्षेत्रीय पशुसेवा निर्देशनालयको भवनमा मुख्यमन्त्रीको कार्यालय÷निवास राख्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ओम बस्नेतले जानकारी गराउनुभयो । 

त्यस्तै जिल्ला समन्वय समितिको भवनमा प्रदेशसभाको सचिवालय, वीरेन्द्र सभागृहमा प्रदेश सभाको भवन र क्षेत्रीय सिँचाइ कार्यालयमा मुख्य सचिवको कार्यालय स्थापना गरिनेछ । 

प्रदेश नं १ को मन्त्रालय सञ्चालनका लागि आठवटा कार्यालयको भवन छनोटमा परेको छ । सोअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय, क्षेत्रीय प्रविधि तथा गुण नियन्त्रणको प्रशासकीय भवन, सुनसरी मोरङ सिँचाइ आयोजनाको भवन, क्षेत्रीय वन तथा तालीम केन्द्रको भवन, जल उत्पन्न कार्यालयको भवन, जिल्ला जनस्वास्थ्य कार्यालयको भवन, शहरी विकास आयोजनाको अतिथिगृह र क्षेत्रीय हुलाक कार्यालयको भवन छनोट गरिएको हो । 

यस सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले प्रदेशका कार्यालय सभाभवन, निवास र मन्त्रालयलगायतका कार्यालयका लागि छनोट भएका स्थानको सम्बन्धमा उचित विकल्प प्राप्त भएको अवस्थामा परिवर्तन पनि हुनसक्ने र यस विषयमा राजनीतिक दलसँग पनि परामर्श लिने जानकारी गराउनुभयो । छनोटमा परेका भवनमा अविलम्ब मर्मत सम्भार गरिने उहाँले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह