२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कृषिको यान्त्रिकीकरणमा जोड दिनुपर्छः कृषि राज्यमन्त्री प्रसाईं

२०७४, ५ माघ शुक्रबार ०७:४६

माघ ५ , भद्रपुर | कृषि विकास राज्यमन्त्री सरिता प्रसार्इंले कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्नमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग पुर्याउने बताउनुभएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन (धान) एकाइ बनियानी झापाद्वारा आज झापाको केचनाकवल गाउँपालिका वडा नं ४ स्थित फर्कागाछीमा आयोजित बोरो (हिउँदे) धान क्षेत्र विस्तार कार्यक्रमको शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

राज्यमन्त्री प्रसार्इंले परम्परागत खेती प्रणालीलाई आधुनिकीकरणतर्फ लैजानुपर्ने अहिलेको आवश्यकता हो भन्दै अन्नमा आत्मनिर्भर बनाउन, उत्पादन बढाउन र लागत कम गराउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना निकै उपयोगी हुने बताउनुभयो । 

कृषकको जागरुकताबाट नै कृषिमा आधुनिकीकरण आउने भएकाले यसतर्फ सबै किसानको ध्यान जानु आवश्यक छ, उहाँले भन्नुभयो – “कम लागतमा बढी उत्पादन लिन सक्नु नै यो परियोजनाको मुख्य उद्देश्य हो ।” 

प्रदेशसभा सदस्य वशन्त बानियाँले परम्परागत खेतीलाई आधुनिकीकरण नगरेसम्म अन्नमा आत्मनिर्भर बन्न नसकिने बताउनुभयो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालक समितिका अध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा कृषि मन्त्रालयका वरिष्ठ अर्थ विज्ञ रामबाबु अधिकारी, सुपर जोन बनियानीका वरिष्ठ अधिकृत मेघनाथ तिमल्सेना र परियोजन सञ्चालक समितिका सहसंयोजक चिन्तामणि खरेलले कृषिमा आधुनिकीकरणका विविध पक्षमाथि प्रकाश पार्नुभयो । 

कार्यक्रममा कृषि राज्यमन्त्री प्रसार्इंले धानको बीउ राख्ने मेशिन, धान छर्ने मेशिनको शुभारम्भ गर्नुका साथै हरित कृषक समूहद्वारा तयार पारिएको खेतमा बोरो धानको रोपाइँ पनि गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन