२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

सातवटै प्रदेशमा सूचना आयोग आवश्यक: आयुक्त बास्कोटा

२०७४, ९ माघ मंगलवार ०५:३७

माघ ९, पाँचथर  |  राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सातवटै प्रदेशमा प्रादेशिक सूचना आयोगको गठन गर्नुपर्ने जरुरी रहेको बताउनुभएको छ । पाँचथरको फिदिममा आज बिहान रासससित कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

यस्तै मुलुकमा रहेका ७५३ वटा स्थानीय तहमा उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा सूचना आयोगको बोर्ड गठन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक नेपालीलाई सूचना दिने र पाउने अधिकार नेपालको धारा २७ मा उल्लेख गरिएको छ, तर मानवअधिकारको घोषणापत्र १९४७ लाई हेर्दा सूचना प्रवाहको हक छुटेको छ, त्यसलाई संविधान संशोधनमार्फत यो बुँदा थप्न आवश्यक छ ।” 

उहाँले सूचनाको हक प्रवाहको निम्ति राज्य प्रणाली आफैँ जुर्मुराउनुपर्ने बताउँदै आम नागरिकलाई सजग गराउनु सरकारकै कर्तव्य रहेको उल्लेख गर्नुभयो । राज्य प्रणालीले सूचना एक प्रकारले विज्ञापनको रुपमा प्रचार गर्नुपर्ने भए तापनि सञ्चारकर्मीलाई समेत उपलब्ध नगराउनु दुर्भाग्य रहेको उहाँको भनाइ छ । 

जुन सरकार सूचना लुकाउन उद्दत हुन्छ त्यो जनतामाझ अलोकप्रिय हुन्छ र उसको आयु पनि लामो नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “जनताको घरघरमा गएर घुम्ती शिविरमार्फत सरकारी निकायले सूचना प्रवाह गर्नुपर्दछ ।” रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन