१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लैंगिक हिंसाविरुद्ध डटेर लड्नुपर्छ: प्रधानमन्त्री

११ माघ २०७४, बिहीबार १२:०८

माघ ११, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउबाले लैंगिक हिंसाविरुद्ध डटेर लड्न नारी नेत्रीहरूलाई आह्वान गर्नुभएको छ । साथी स्थापनाको २५ औँ वार्षिकोत्सव समारोहका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले  तिनै  तहका निर्वाचनबाट चुनिएका महिलाले प्राप्त गरेको स्थानले नेपाल महिला सशक्तीकरणका पक्षमा रहेको  उल्लेख गर्नुभयो |

उहाँले जनजाति, दलितलगायत सबै वर्गका महिलालाई राजनीति र विकासको मूल प्रवाहमा समाहित गरिएको बताउनुभयो ।  कुरीति र अव्यावहारिक सामाजिक संस्कारलाई तिलाञ्जलि दिँदै विभेद तथा हिंसाको दुष्चक्रबाट महिला तथा बालिकालाई जोगाउने उद्देश्यले २५ वर्षअघि स्थापित परोपकारी संस्था ‘साथी’ले छाउगोठ र दाइजोविनाको विवाह अभियानलाई निरन्तरता दिएको छ । 

उहाँले भन्नुभयो, “लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले महिलाका हकअधिकार सुरक्षित गरेको छ, महिला हिंसाविरुद्ध शून्य सहनशीलताको नीति सरकारले अपनाएको छ । ” त्यस अवसरमा प्रधानमन्त्रीले साथी स्थापनामा योगदान गर्नुभएका माधुरी राणा सिंह, आरजू राणा देउवा, प्रमदा शाह र वन्दना राणालाई सम्मान गर्नुभयो । 

संस्थाका अध्यक्ष उमाराज्यलक्ष्मी शाहले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गरी ६६ साझेदार संथाको सहयोगमा सञ्चालित भई महिला अधिकारको रक्षा र सशक्तीकरणसँगै घरेलु र लैंगिक हिंसाविरुद्ध कार्यरत साथीले महिलाविरुद्धका हिंसा, नयाँ कानून निर्माण, नीति तर्जुमा, आश्रयस्थल सञ्चालनलगायत नारी हकहितका क्षेत्रमा काम गरिरहेको बताउनुभयो । 

पछिल्लो नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार १५ देखि ४९ वर्ष समूहका २२ प्रतिशत महिला शारीरिक हिंसा, सात प्रतिशत यौनहिंसा तथा २६ प्रतिशत विवाहिता श्रीमान्बाट प्रताडित हुने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह