५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा वडाध्यक्षको मोबाइल नम्बर नै सचिवको ‘ब्ल्याकलिस्ट’मा

१२ माघ २०७४, शुक्रबार ०२:५७

माघ १२, ओखलढुंगा । मोलुङ गाउँपालिकाका सेवाग्राही दैनिक कर्मचारी खोज्दै सदरमुकाम धाएको भेटिन्छन् । गाउँपालिकाको सम्पर्क कार्यालय नै सदरमुकाममा सञ्चालन भएको छ ।

गाउँपालिकाका नासु रामकाजी श्रेष्ठको घरमा कोठा भाडामा लिएर सम्पर्क कार्यालय सञ्चालन गरिएको हो । गाउँपालिकाको कार्यालय प्राप्चामा रहे पनि सदरमुकाममा सञ्चालन गरेको विषयमा मोलुङ गाउँपालिका प्रमुख प्रशासकीय विश्वविजय अधिकृत शर्माले अहिले योजना सम्झौता भइरहेको, बैंक खाता सञ्चालनलगायतका काम गरिरहन परेकाले सदरमुकाबाट काम गर्नुपर्ने बाध्यता रहेको बताए । उनले प्राविधिकसमेत सदरमुकाम बस्ने भएकाले योजनाका काम गर्न गाउँपालिकामा समस्या रहेको दाबी गरे ।

गाउँपालिकाका प्रशासन फाँटका प्रमुखसमेत रहेका नासु श्रेष्ठले सदरमुकामको आफ्नै घर भाडामा लगाएर सम्पर्क कार्यालय खोलका छन् ।गाउँपालिकाका कर्मचारी सदरमुकामै बसेर सम्पर्क कार्यालय चलाएको विषयमा भने गाउँपालिका प्रमुख मणिराज राईले प्राविधिक काम मिलाउन मात्रै कर्मचारी सदरमुकाम बसेको बताए । नागरिकको सेवा प्रवाहलाई सहज बनाउने काममा आफू लाग्ने राईको भनाइ छ ।

स्रोतका अनुसार गाउँकार्यपालिकाको मौखिक सहमतिमै सम्पर्क कार्यालय खडा गरिएको हो । मोलुंग गाउँपालिकाले अन्य गाउँपालिकाको तुलनामा २० हजारभन्दा बढीमा गाडी भाडामा लिएको छ । मोलुंग गाउँपालिका–७ का वडाध्यक्ष हेम सुनुवारले कर्मचारी जिल्ला बसेर नागरिकले दुःख पाएकाले गाउँपालिकामा खटाउनुपर्ने बताए । 

जिल्लाका अन्य ६ वटा गाउँपालिकाका वडामा पनि जनप्रतिनिधि मात्रै भेटिन्छन् । खरिदार र सुब्बाले वडा सचिव भएर गर्नुपर्ने काम कतिपय वडामा प्राविधिक सहायक र कृषि तथा पशु प्राविधिकले पनि काम गर्दै आएका छन् । 

तर, वडाध्यक्षहरू गाउँपालिकामा र गाउँपालिकाका अध्यक्ष ‘कर्मचारी चाहियो’ भन्दै जिल्लामा आउने गरेका छन् । खिजी देम्वा गाउँपालिका अध्यक्ष वेदबहादुर रोक्का त दुईपटक कर्मचारी खोज्दै सदरमुकाम आइसकेका छन् ।

वडामा खटाइएका केही (साविकका गाविस सचिव) वडा सचिव अहिले पनि सदरमुकामै अखडा जमाएर बसिरहेका छन् । ‘वडा सचिवले मलाई टेरेनन्, असारयता २÷३ पटक मात्रै गाउँ आए,’ लिखु गाउँपालिका–९ का वडाध्यक्ष सुकवीर तामाङले भने, ‘मेरो त मोलाइल नम्बर पनि सचिवले ब्लक गरेका छन् सम्पर्क हुँदैन ।’ अध्यक्ष तामाङले आफूले वडा सचिवलाई काम लगाउन नसकेको भन्दै गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसमक्ष पटक पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको बताए ।

लिखु गाउँपालिका–९ र खिजीदेम्बा–१ र २ हेर्ने वडा सचिव प्रदीप पौडेल अधिकांश समय सदरमुकामै बस्ने गरेको वडाध्यक्षहरूको गुनासो छ । सचिव पौडेलले खिजीदेम्बाको वडा–१ र २ रगनीमा पनि समयमा सेवा नदिएको जनप्रतिनिधिको गुनासो छ ।

खिजीदेम्बा गाउँपालिका–७ का अध्यक्ष भूपेन्द्र बस्नेतले आफूले चाहेजस्तो सेवा दिन कर्मचारीकै कारण नसकेको स्वीकार गरे । खिजीदेम्बा–७ र ८ रावादोलु र भुसिंगा हेर्ने सचिव लक्ष्मीदास सैंजु पनि अधिकांश समय सदमुकाममै भेटिने गरेका छन् । 

यसैगरी, पुनर्निर्माणका प्राविधिक पनि गाउँमा भेटिँदैनन् । बिदामा बसेका प्राविधिक २ महिनापछि फर्किएर हाजिरी प्रमाणित गर्न वडाध्यक्षलाई दबाब दिने गरेका छन् । 

काम नगरेको दिनको हाजिर प्रमाणित नगर्ने अडानमा बसेका खिजीदेम्वा गाउँपालिका–४ का वडाध्यक्ष र प्राविधिक बीच लामो विवाद भएको वडाध्यक्ष कमल न्यौपानेले बताए, राजधानी दैनिकमा खबर छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ