२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पाका द्वन्द्वपीडित सैनिक पत्नि व्यवसायबाट मनग्ये आम्दानी गर्दै

२०७४, १२ माघ शुक्रबार ०६:३५

उमा केसी/माघ १२, रोल्पा । रोल्पाको सशस्त्र युद्धमा तत्कालीन विद्रोही नेकपा ( माओवादी) ले पहिलोपटक सेनामाथि गरेको आक्रमणमा परी २०५८ सालमा दाङमा रहेको ब्यारेकमा मारिएका थिए रोल्पा नगरपालिका–२ का ओमकुमारी डाँगीका श्रीमान् खड्कबहादुर डाँगी । 

श्रीमान्को मृत्युपछि चार वर्षका छोरा र एक वर्षीया छोरी एवं सासू ससुरा उनीप्रति आश्रित हुन पुगे । कमाइ गर्ने मुख्य मान्छेको मृत्युपछि उनलाई घरव्यवहार चलाउन निकै मुस्किल प¥यो । श्रीमान्को मृत्युपछि सैनिक कल्याणकारी कोषले उनलाई केही रकम उपलब्ध गरायो । सोही रकम लगानी गरी सदरमुकाम लिवाङमा ब्यूटीपार्लर सञ्चालन गरिन् । 

छोराछोरी पढाउन तथा घर व्यवहार चलाउन ब्यूटीपार्लरको आम्दानी नै उनको मुख्य आयश्रोत भएको छ । ब्यूटीपार्लरबाट उनले दैनिकरुपमा करिब रु पाँच हजार आम्दानी गर्दै आएकी छिन् । 


नेपाली सेनाको कल्याणकारी कोषबाट रु एक लाख सापटी लिई लिवाङमै कुटानी मिल शुरु गरिन् रोल्पा नगरपालिका–२ की शोभा डाँगीले । कुटानी मिलसँगै बेमौसमी तरकारी खेतीसमेत गर्न थालेकी उनले अहिले दुवै कमाइबाट मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्दै आएकी छिन् । 

रोल्पा नगरपालिका–१ की मनकुमारी कँवरले सिलाइकटाइ गर्छिन् । नेपाली सेनाकी आश्रित परिवार हुन् उनी । सिलाइकटाइका साथै च्याउखेती समेत गरेर आम्दानी बढाउने सोचका साथ उनी नेपाली सेनाले सञ्चालन गरेको च्याउखेतीसम्बन्धी तालीममा सहभागी पनि भइन् । 

रोल्पा जिल्लामा नेपाली सेनाले सैनिकका श्रीमती, आश्रित परिवार र एकल महिलाको आयआर्जनका लागि दिँदै आएको तालीमबाट प्रत्यक्ष लाभान्वित भएका हुन उनीहरु । 

नेपाली सेनाले रोल्पामा सैनिकका श्रीमती, आश्रित परिवार र एकल महिलाको दैनिक जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ कृषिजन्य तालीम सञ्चालन गर्दै आएको छ । 

मध्यपश्चिम इपिसेन्टर कार्यालय, बाँक,े जिल्ला कृषि विकास कार्यलय, रोल्पा र नेपाल इन्भेष्टमेन्ट बैंक, दाङको आर्थिक तथा प्राविधिक सहयोगमा यस्ता तालीम सञ्चालन हुँदै आएका छन् । 

२०७१ सालदेखि दैनिक जीविकोपार्जन सुधारका यस्ता तालीम निरन्तर रुपमा सञ्चालन गर्दै आएको खड्ग दल गण, रोल्पाका सहायक गणपति धर्म बोगटीले जानकारी दिनुभयो । 

यस्ता तालीमले उनीहरुको जीवनस्तरमा परिवर्तन आउनेमा आफूहरु आशावादी रहेको उहाँले बताउनुभयो । जिल्लामा सुन्तलाखेती, च्याउखेती, अदुवा प्रशोधन तालीम, मौरीपालन तालीमलगायतका तालीम सञ्चालन गरिएको बोगटीले बताउनुभयो । 

सेनाका श्रीमती, आश्रित परिवार र एकल महिलाका लागि सञ्चालित यस्ता तालीमले आयआर्जनका साथै परिवार तहको पोषणमा समेत सुधार गर्न मद्दत पुग्ने जिल्ला कृषि विकास कार्यालय, रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताउनुभयो । जिल्लामा सबभन्दा बढी सम्भाव्यता भएका क्षेत्रको तालीम दिइएकाले व्यावसायिक ढंगले खेती गर्नेका लागि पनि राम्रो सम्भावना रहेको श्रेष्ठले बताउनुभयो । 

सशस्त्र युद्ध तथा अन्य कारणले श्रीमान् गुमाएका एकल महिलालाई जीविकोपार्जनमा निकै समस्या हँुदै आएकाले यस्ता तालीमले उनीहरुलाई ठूलो राहत हुने मानवअधिकारका लागि एकल महिला समूह, रोल्पाका अध्यक्ष तुलसा आचार्यले बताउनुभयो । जिल्लाभर रहेका एकल महिलाका लागि नेपाली सेनाले आगामी दिनमा यस्ता तालीममा निरन्तरता दिनुपर्ने आचार्यले बताउनुभयो । 

नेपाली सेनाको कल्याणकारी कोषको सहयोगमा जिल्लामा १२ जनाले विभिन्न व्यवसाय गर्दै आएका छन् । सहयोग प्राप्त उनीहरुमध्ये अधिकांशले सफलताका साथ व्यवसाय गर्दै राम्रो आम्दानीसमेत गर्दै आएको बताइएको छ । 

रोल्पा जिल्लामा द्वन्द्वकालीन समयमा पति गुमाएका एकल महिलाको संख्या ३२३ जना रहेको छ । यसैगरी, अन्य कारणबाट एकल भएका महिलाको संख्या जिल्लामा छ हजार ५०० भन्दा बढी रहेको बताइएको छ । 

घरको मुख्य मान्छेको मृत्युसँगै घरायसी व्यवस्थापनसमेत एकल महिलाले गर्नुपर्ने भएकाले उनीहरुको आयआर्जनमा यस्ता तालीमले मद्दत गर्ने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा