२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनहितका लागि सरकारले निर्णय गर्नसक्ने – उपप्रधानमन्त्री गच्छदार

२०७४, १३ माघ शनिबार १४:५६

माघ १३, विराटनगर | उपप्रधानमन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकार देश र जनताको हितका लागि विभिन्न निर्णय गरेको बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले संविधान र ऐन नियमभित्र रही आफ्नो काम गर्ने बताउनुभयो । 

उहाँले जनहितका लागि भएको सामाजिक सुरक्षा (वृद्ध) भत्तामा पाँच वर्ष उमेर घटाएको, भूकम्प र बाढीपीडितलाई रकम थप, जटिल रोगका बिरामीलाई जीवन निर्वाह भत्तावापत् रु पाँच हजार वितरण गर्ने निर्णय आगामी निर्माण हुने सरकारलाई देशको अहित हुन लागेमा रद्ध गर्न सक्ने बताउनुभयो । 

एक प्रश्नको जवाफमा उहाँले प्रहरी संगठनभित्र ३० वर्ष सेवा अवधि हटाउने सम्बन्धमा मन्त्रिपरिषद्मा कुनै छलफल र चर्चा नभएको स्पष्ट पार्नुभयो । उहाँले हल्ला गरेर प्रधानमन्त्रीले राजीनामा दिने होइन भन्दै संविधानअनुसार सरकार परिवर्तन हुनेछ भन्नुभयो । 

नेपाली काँग्रेसका नेतासमेत रहनुभएका नेता गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीचको सहमतिअनुसार राष्ट्रियसभा निर्वाचनपश्चात् नेकाँ पार्टीको संगठनभित्र सम्मानजनक स्थान प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली काँग्रेसको संगठन विस्तार सम्बन्धमा आवश्यक गृहकार्य भइरहेको जानकारीसमेत दिनुभयो । – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन