१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनहितका लागि सरकारले निर्णय गर्नसक्ने – उपप्रधानमन्त्री गच्छदार

१३ माघ २०७४, शनिबार १४:५६

माघ १३, विराटनगर | उपप्रधानमन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकार देश र जनताको हितका लागि विभिन्न निर्णय गरेको बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले संविधान र ऐन नियमभित्र रही आफ्नो काम गर्ने बताउनुभयो । 

उहाँले जनहितका लागि भएको सामाजिक सुरक्षा (वृद्ध) भत्तामा पाँच वर्ष उमेर घटाएको, भूकम्प र बाढीपीडितलाई रकम थप, जटिल रोगका बिरामीलाई जीवन निर्वाह भत्तावापत् रु पाँच हजार वितरण गर्ने निर्णय आगामी निर्माण हुने सरकारलाई देशको अहित हुन लागेमा रद्ध गर्न सक्ने बताउनुभयो । 

एक प्रश्नको जवाफमा उहाँले प्रहरी संगठनभित्र ३० वर्ष सेवा अवधि हटाउने सम्बन्धमा मन्त्रिपरिषद्मा कुनै छलफल र चर्चा नभएको स्पष्ट पार्नुभयो । उहाँले हल्ला गरेर प्रधानमन्त्रीले राजीनामा दिने होइन भन्दै संविधानअनुसार सरकार परिवर्तन हुनेछ भन्नुभयो । 

नेपाली काँग्रेसका नेतासमेत रहनुभएका नेता गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीचको सहमतिअनुसार राष्ट्रियसभा निर्वाचनपश्चात् नेकाँ पार्टीको संगठनभित्र सम्मानजनक स्थान प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली काँग्रेसको संगठन विस्तार सम्बन्धमा आवश्यक गृहकार्य भइरहेको जानकारीसमेत दिनुभयो । – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह