१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुर्खेतमा प्रदेश प्रमुखको कार्यालयका लागि भवन अभाव

१७ माघ २०७४, बुधबार १६:१४

माघ १७, सुर्खेत । क्षेत्रीय वन तालिम केन्द्र सुर्खेतले भवन खाली नगर्दा ६ नम्बर प्रदेश प्रमुखको कार्यालय सञ्चालनमा सम्स्या देखिएको छ । 

क्षेत्रीय वन तालिम केन्द्रका कर्मचारी भवन खाली गर्ने कि नगर्ने अन्योलमा परेका छन्। वन मन्त्रालयको विभागले पत्र काटेर नै वन मन्त्रालयअन्तर्गतका भवन तथा भौतिक संरचना कसैलाई नदिन सर्कुलर गरेपछि क्षेत्रीय वन तालिम केन्द्रका कर्मचारी अन्योलमा परेका हुन्।

सरकारले प्रदेश प्रमुखको कार्यालय स्थापनाको लागि निर्णय गर्नुभन्दापहिले मन्त्रीस्तरीय निर्णयबाट सातै प्रदेशमा वन वातावरण तथा विज्ञान मन्त्रालय रहने भएकाले वन मन्त्रालय मातहतमा रहेका भौतिक संरचना, गाडी, जग्गा जमिन अरू कसैलाई उपलब्ध गराउन नसकिने परिपत्र वन विभागले गरेको थियो। क्षेत्रीय वन तालिम केन्द्रका तालिम अधिकृत मुन रावतले आफूहरु सर्नको लागि तयारी अवस्थामा रहेको तर विभागले परिपत्र गरेर नै भौतिक संरचना, गाडी जग्गा जमिन लगायतका स्रोतसाधन नछाड्न भनेकोले आफूहरुलाई अप्ठेरोपरेको बताए।

सरकारले प्रदेश प्रमुखको कार्यालय स्थापना गर्ने निर्णय गरे पनि त्यसपछि विभागबाट सरकारको निर्णय अनुसारको परिपत्र नआएकोले आफूहरुलाई अप्ठेरो परेको तालिम अधिकृत रावतले जानकारी दिए। विभागले नयाँ परिपत्र नगर्दै भवन लगायतका संरचना छोडेमा पछि विभागलाई जवाफ दिनु पर्ने अवस्था आउन सक्ने भएकाले विभागको नयाँ परिपत्र आए आफूहरुलाई सजिलो हुने रावतको भनाइ छ।

उता, क्षेत्रीय प्रशासन कार्यालयका प्रवत्ता हितप्रसाद पौडेलले व्यवस्थापन मिलाउनुपर्ने भएकाले खाली गर्न समय लागेको बताए। समानहरुको व्यवस्थापनका साथसाथै क्वार्टरको पनि व्यावस्था गर्नुपर्ने भएकाले सबै व्यवस्थापन भएपछि भवन खाली हुने पौडेलको भनाइ छ। ५ माघमा प्रदेश प्रमुख नियुुक्ति भएसँगै प्रदेश प्रमुखको कार्यालयका लागि सरकारले क्षेत्रीय वन कार्यालयको तालिम केन्द्रको भवन तोकेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह