४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरेक प्रदेशमा ७ मन्त्रालय हुने, कुन मन्त्रालयले के-के काम गर्छन ?

१८ माघ २०७४, बिहीबार ०२:३०

माघ १८, काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा ७ वटा मन्त्रालयका लागि कर्मचारीहरु खटाईएको छ । तर त्यस्ता मन्त्रालय संविधानको सीमा अनुसार थपघट पनि हुन सक्नेछ ।

यस अघि राजनीतिक दल धेरै हुने हुँदा बहुमत पुर्याउनकै लागि भएपनि धेरै मन्त्रालय बनाउनुपर्ने बाध्यता रहे पनि अब त्यस्तो अवस्था छैन जसको कारण थोरै मन्त्रालयनै प्रदेशमा हुने आशा गरिएको छ । यसै अनुरुप प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा सरकार बनाउने जनमत पाएको वाम गठबन्धनले समेत ७ देखि ११ जना सम्म मन्त्री बनाउने सहमति गरेको छ ।

सरकारले सात मन्त्रालयकै आधारमा हाललाई सातै प्रदेशमा कर्मचारी खटाएको छ । अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले सरकारलाई गरेको सिफारिस अनुसार सरकारले प्रदेशमा ७ वटा मन्त्रालय बनाउन प्रस्ताव गरेको हो ।

यस समितिका संयोजक काशिराज दाहालका अनुसार प्रदेशमा ७ र केन्द्रमा १५ मन्त्रालय सिफारिस भएको छ । संविधानले प्रदेशमा कुल सांसदको २० प्रतिशत नबढ्ने गरी मन्त्री बनाउन सक्ने व्यवस्था गरेको छ । 

प्रदेशमा कुन-कुन मन्त्रालय, कार्यक्षेत्र के-के ?

सरकारले अहिले प्रदेश प्रमुखहरुलाई दिएको सूचीमा ७ मन्त्रालय तोकिएको छ । जसमा निम्न मन्त्रालय र कार्यक्षेत्रहरु प्रस्ताव गरिएका छन् । साथै मन्त्रालयहरुको नाम प्रदेशको विशेषता अनुसार फरक-फरक पनि हुनसक्ने ब्यबस्था छ । ब्यबस्था अनुसार कुनै प्रदेशमा भएको मन्त्रालय अर्को प्रदेशमा नहुन वा अर्कै नाममा हुनसक्नेछ । 

१. मुख्यमन्त्री

प्रदेशमा मुख्यमन्त्रीको कार्यालयले प्रदेश मन्त्रीपरिषद, प्रदेश भित्रको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र संचालन, भ्रष्टाचार र संघ र स्थानीय तहसँगको सम्पर्क तथा समन्वय आदि समेटिएका छन् ।

२. आन्तरिक मामिला तथा कानुन मन्त्रालय

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत प्रदेशको शान्ति सुरक्षा, प्रदेश प्रहरी, प्रदेश अनुसन्धानव्युरो, विपद व्यस्थापन, द्वन्द व्यवस्थापन, कानुन, न्याय तथा प्रदेश सभा मामिला र प्रदेश कर्मचारी प्रशासन आदि परेका छन् । 

३. आर्थिक मामिला तथा योजना मन्त्रालय

आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यक्षेत्र प्रदेशको अर्थ, योजना तथा बजेट , वित्तीय संस्थाहरु र तथ्यांक आदि परेका छन् । 

४. भौतिक पूर्वाधार विकास मन्त्रालय

भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यक्षत्र अन्तर्गत सडक, खानेपानी, जलस्रोत, उर्जा, सिंचाई र यातायात परेका छन् । 

५. सामाजिक विकास मन्त्रालय

सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्रमा शिक्षा, स्वास्थ्य, सरसफाई, महिला, युवा तथा खेलकुद, सामाजिक सुरक्षा, भाषा, संस्कृति र श्रम तथा रोजगार परेका छन् । 

६. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत उद्योग, वाणिज्य,म आपूर्ति, पर्यटन, वन, विज्ञान, वातावरण र जलवायु परेका छन् । 

७. भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत भूमि व्यस्थापन, गुठी व्यस्थापन, कृषि, पशुपंक्षी, सहकारी र गरिवी निवारण आदी परेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ