२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताको समृद्धिका लागि सडक संघर्ष गर्छु: अध्यक्ष राणा

२०७४, १९ माघ शुक्रबार १०:०४

माघ १९, काठमाडौँ  | राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकको राष्ट्रिय अखण्डताको प्रवद्र्धन र जनताको समृद्धिका लागि पार्टीले सडक संघर्ष गर्ने बताउनुभएको छ । 

पार्टीको ३ नं प्रदेशस्तरीय सम्मेलनको आज यहाँ उद्घाटनगर्दै उहाँले भन्नुभयो – “राष्ट्र र जनताको पक्षमा संसदमा आवाज उठाउने वातावरण नभएको हुँदा पार्टीले सडकबाट नै उनीहरुको अधिकारका पक्षमा काम गर्नेछ ।” 

अध्यक्ष राणाले चुनावमा प्राविधिक कारणले पार्टीका नेताले पराजय भोगको भए पनि जनताको मनबाट पार्टी पराजय नभएको उल्लेख गर्दै मुलुकको नयाँ संरचनाअनुसार स्थानीय तह, प्रदेश र केन्द्रसम्म संगठन सुदृढीकरणमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 

पार्टीका वरिष्ठ नेता हरिबहादुर बस्नेतले विभिन्न समयमा संगठनभित्र आउने कठिनाइलाई समाधान गर्न आन्तरिक एकता बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । 

महामन्त्री राजाराम श्रेष्ठले विगतमा भएका कमीकमजोरीको समीक्षा गरी परम्परागत मूल्य र मान्यताको संरक्षणबाट मुलुकलाई अगाडि बढाउन सकिने विचार व्यक्त गर्नुभयो । 

उक्त सम्मेलनमा सो प्रदेशका १३ जिल्ला, ३३ निर्वाचन क्षेत्र र ५२ गाउँपालिकाका प्रतिनिधि सहभागी छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध