१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताको समृद्धिका लागि सडक संघर्ष गर्छु: अध्यक्ष राणा

१९ माघ २०७४, शुक्रबार १०:०४

माघ १९, काठमाडौँ  | राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकको राष्ट्रिय अखण्डताको प्रवद्र्धन र जनताको समृद्धिका लागि पार्टीले सडक संघर्ष गर्ने बताउनुभएको छ । 

पार्टीको ३ नं प्रदेशस्तरीय सम्मेलनको आज यहाँ उद्घाटनगर्दै उहाँले भन्नुभयो – “राष्ट्र र जनताको पक्षमा संसदमा आवाज उठाउने वातावरण नभएको हुँदा पार्टीले सडकबाट नै उनीहरुको अधिकारका पक्षमा काम गर्नेछ ।” 

अध्यक्ष राणाले चुनावमा प्राविधिक कारणले पार्टीका नेताले पराजय भोगको भए पनि जनताको मनबाट पार्टी पराजय नभएको उल्लेख गर्दै मुलुकको नयाँ संरचनाअनुसार स्थानीय तह, प्रदेश र केन्द्रसम्म संगठन सुदृढीकरणमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 

पार्टीका वरिष्ठ नेता हरिबहादुर बस्नेतले विभिन्न समयमा संगठनभित्र आउने कठिनाइलाई समाधान गर्न आन्तरिक एकता बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । 

महामन्त्री राजाराम श्रेष्ठले विगतमा भएका कमीकमजोरीको समीक्षा गरी परम्परागत मूल्य र मान्यताको संरक्षणबाट मुलुकलाई अगाडि बढाउन सकिने विचार व्यक्त गर्नुभयो । 

उक्त सम्मेलनमा सो प्रदेशका १३ जिल्ला, ३३ निर्वाचन क्षेत्र र ५२ गाउँपालिकाका प्रतिनिधि सहभागी छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह