२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशसभा बैठकस्थल र मन्त्रालयको सम्पूर्ण तयारी पूरा

२०७४, २० माघ शनिबार ०९:०३

मनोज दाहाल/माघ २०, विराटनगर । विराटनगर महानगरपालिकामा स्थापित हुने प्रदेश नं १ को मुख्य मन्त्रीको कार्यालय, प्रदेशसभास्थल, प्रदेशसभा सचिवालय लागयत सम्पूर्ण मन्त्रालयको भवन व्यवस्थापन सम्बन्धी कार्य पूरा भएको छ । 

जिल्ला समन्वय समितिको सभाभवनमा रहेको प्रदेशसभास्थलमा कुर्सीलगायत अन्य सम्पूर्ण व्यवस्थापन कार्य पूरा भएको छ, केही प्राविधिक पक्ष लगायतका कार्य आज सम्पन्न हुने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताउनुभयो । 

यसैगरीे मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालय, आवास लगायतका मन्त्रालय रहने कार्यालयमा आइतबार नाम उल्लेख गरिएको बोर्ड लगाइने भएको छ । उक्त बोर्डमा पहिले नेपाल सरकार त्यसपछि मन्त्रालयको नाम, प्रदेश नं १ र विराटनगर राखिने छ । 

विराटनगरस्थित क्षेत्रीय कृषि निर्देशालयको पहिलो र दोस्रो तलामा मुख्य मन्त्रीको कार्यालय र निवास रहने मोरङका प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । 

यस्तै प्रदेश प्रमुखको कार्यालय र आवास क्षेत्रीय सिँचाइ निर्देशनालयमा र आन्तरिक मामिला तथा कानून मन्त्रालय क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा रहने व्यवस्था गरिएको छ । उक्त मन्त्रालयमा ४१ वटा कार्यका लागि ४१ जना कर्मचारीको दरबन्दी छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालय घरेलु तथा साना उद्योग कार्यालयमा रहने भएको छ । यस मन्त्रालयअन्तर्गत २४ वटा कार्यका लागि १८ जना कर्मचारीको दरबन्दी छ । 

यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालय सुनसरी मोरङ सिँचाइ आयोजनाको कार्यालयमा रहने भएको छ । यस मन्त्रालयअन्तर्गत विभिन्न २२ वटा कामका लागि २४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य कार्यालयमा रहने छ भने यस मन्त्रालयअन्तर्गत ५८ कामका लागि ३० कर्मचारीले कार्य गर्ने प्रजिअ आचार्यले बताउनुभयो । 

उद्योग, पर्यटन तथा तथा वातावरण मन्त्रालय क्षेत्रीय वन निर्देशालयमा रहने छ भने यस मन्त्रालयअन्तर्गत ६२ कामका लागि २९ कर्मचारी खटाइने भएको छ । यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय क्षेत्रीय पशु निर्देशलयमा रहने छ भने ३२ कामका लागि २९ कर्मचारी यस मन्त्रालयमा कार्य गर्ने भएका छन् । 

प्रत्यक्ष प्रशारण 

यही माघ २२ गते १ बजे आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकको प्रत्यक्ष प्रशारण गरिने भएको छ । यसका लागि केही प्राविधिक पक्षबाहेक सम्पूर्ण तयारी पूरा भएको प्रजिअ आचार्यले जानकारी दिनुभयो । राष्ट्रिय र स्थानीय टेलिभिजनले सभास्थलबाट प्रत्यक्ष प्रशारण गर्ने तयारी आज सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । 

मर्यादापालक पोशाक 

यस्तै बैठकका लागि हाल १५ जना पुरुष तथा सातजना महिला मर्यादापालक राखिने छ । उनीहरुको पोशाकसमेत तय गरिएको छ । पुरुष मर्यादापालकका लागि सेतो दौरा सुरुवाल, कालो कोट र भादगाउँले कालो टोपी निर्धारण गरिएको छ भने महिलाको हकमा रातो पारी भएको सेतो सारी, रातो चोलो र कालो कोट निर्धारण गरिएको छ । 

सभाप्रवेश परिचय पत्र 

प्रदेशसभा बैठक हुने माघ २२ गतेका लागि पाँच किसिमका परिचयपत्रको व्यवस्था गरिएको छ । प्रदेशसभा प्रवेशका लागि सांसद, मर्यादापालक, सञ्चारकर्मी, आगन्तुक, विशिष्ट नागरिक, पूर्व सांसदलाई सभास्थल प्रवेशपास (परिचय पत्र) वितरण गरिने छ । 

१४ जिल्ला प्रतिक झल्काउने चिन्ह राख्ने 

प्रदेशसभा बैठक कक्षमा १ नं प्रदेशमा रहेका १४ जिल्लालाई चिनाउने प्रतिक चिन्ह फोटो फ्रेममा राखिने भएको छ । जिल्लालाई चिनाउने मुख्य चिन्ह विशेष रुपमा सजावट गरी राखिने भएको छ । 

प्रदेश नं १ मा प्रत्यक्ष र समानुपातिक गरी ९३ प्रदेशसभा सदस्य छन् । सभा बैठकस्थलमा कुल १७० सिटको व्यवस्था गरिएको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा