२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फागुन दोश्रो साता नयाँ सरकार निर्माण हुन्छ: शेरधन राई

२० माघ २०७४, शनिबार १०:४०

चिसाङ शेर्पा/माघ २०, खोटाङ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य शेरधन राईले आगामी फागुन दोस्रो साताभित्र नयाँ सरकार निर्माण हुने बताएका छन् । 

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला साविक–९ संसारीडाडाँमा २१ करोडको लागतमा निर्माण गर्न लागिएको ला ज्लायो वाङथोप गुम्बा शुक्रबार शिलान्यास गर्दै एमाले नेता राईले आगामी फागुन ३ गतेसम्ममा ७ वटै प्रदेशमा प्रदेश सरकार निर्माण हुने र फागुन दोस्रो साताभित्र वाम गठबन्धन नेतृत्वमा स्थिर र बलियो सरकार बन्ने बताएका हुन् । ‘फागुन ३ गतेसम्ममा सबै प्रदेशले प्रदेश सकार पाउने छन् । 


त्यसपछि फागुन दोस्रो साताभित्र वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ,’ एमाले प्रदेश नम्बर १ का उपसंयोजक रहेका राईले भने, ‘७ वटा प्रदेशमध्ये ६ वटामा बाम गठबन्धनले नेतृत्व गर्ने छ।’

नेता राईले नयाँ सरकार देशमा स्थायी शान्ती र राजनैतिक स्थायीत्व कायम गर्दै सामाजिक सुरक्षा सहितको सम्मानको ग्यारेन्टी गर्ने बताए । उनले मुलुकको विकास र संबृद्धिको चाहनालाई मुर्त रुप दिन ठोस योजनाका साथमा अगाडि बढ्नु नयाँ सरकारको कार्यभार हुने उल्लेख गरे । ‘देशमा भौतिक पुर्वाधारको बिकास गर्नुछ, प्रत्येक कुना कुनालाई सडकबाट जोड्नु छ । प्रत्येकको घरमा बत्ती बाल्नु छ । 

घर घरमा पिउने पानीको धारा बिस्तार गर्नुछ,’ राईले भने, ‘प्रत्येक गाउँमा शैक्षिक संस्था, अस्पताल खोल्नु छ । रोजगारीका अवसर सिर्जना गर्नु छ । अवशर खोज्दै बसाई सर्नुपर्ने बाध्यता अन्त्य गर्नु छ।’

तीन वटै सरकार पाएपछि देश स्वर्णीम युगमा प्रवेश गर्ने राईले बताए । 

कार्यक्रमका अधिकांश वक्ताले शेरधनलाई भावी मूख्या मन्त्रीकारुपमा सम्बोधन गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राई लगायतले बोलेका थिए ।

नगरपालिकाको क्रमागत बजेट र दातृ निकायहरुको सहयोगमा २१ करोडको लागतमा निर्माण हुने ‘ला ज्यालो वाङ थोप’ नामक गुम्बाका लागि नुनथलाकै स्थानिय तथा गुम्बा व्यवस्थापन समिति अध्यक्ष मेनुका तामाङ राईले निशुल्क प्रदान गरेको १ रोपनी ७ आना १ पैसा ३ दाम जग्गा दान गरेका छन् ।

गुम्बा निर्माण पश्चातच नुनथलाका बौद्ध धर्मावलम्बीसहित आसपासका गाउँपालिका तथा नगरपालिकाका सेवाग्राहीले सुविधा लिन सकिने गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष महेश तामाङले बताउनुभयो । 

गुम्बामा बौद्ध धर्म अनुसारका संस्कार गर्न सकिन्छ अध्यक्ष तामाङले भने, गुम्बा निर्माणमा हामी सबैको सहयोगको अपेक्षा राख्दछौ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो