२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फागुन दोश्रो साता नयाँ सरकार निर्माण हुन्छ: शेरधन राई

२०७४, २० माघ शनिबार १०:४०

चिसाङ शेर्पा/माघ २०, खोटाङ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य शेरधन राईले आगामी फागुन दोस्रो साताभित्र नयाँ सरकार निर्माण हुने बताएका छन् । 

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला साविक–९ संसारीडाडाँमा २१ करोडको लागतमा निर्माण गर्न लागिएको ला ज्लायो वाङथोप गुम्बा शुक्रबार शिलान्यास गर्दै एमाले नेता राईले आगामी फागुन ३ गतेसम्ममा ७ वटै प्रदेशमा प्रदेश सरकार निर्माण हुने र फागुन दोस्रो साताभित्र वाम गठबन्धन नेतृत्वमा स्थिर र बलियो सरकार बन्ने बताएका हुन् । ‘फागुन ३ गतेसम्ममा सबै प्रदेशले प्रदेश सकार पाउने छन् । 


त्यसपछि फागुन दोस्रो साताभित्र वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ,’ एमाले प्रदेश नम्बर १ का उपसंयोजक रहेका राईले भने, ‘७ वटा प्रदेशमध्ये ६ वटामा बाम गठबन्धनले नेतृत्व गर्ने छ।’

नेता राईले नयाँ सरकार देशमा स्थायी शान्ती र राजनैतिक स्थायीत्व कायम गर्दै सामाजिक सुरक्षा सहितको सम्मानको ग्यारेन्टी गर्ने बताए । उनले मुलुकको विकास र संबृद्धिको चाहनालाई मुर्त रुप दिन ठोस योजनाका साथमा अगाडि बढ्नु नयाँ सरकारको कार्यभार हुने उल्लेख गरे । ‘देशमा भौतिक पुर्वाधारको बिकास गर्नुछ, प्रत्येक कुना कुनालाई सडकबाट जोड्नु छ । प्रत्येकको घरमा बत्ती बाल्नु छ । 

घर घरमा पिउने पानीको धारा बिस्तार गर्नुछ,’ राईले भने, ‘प्रत्येक गाउँमा शैक्षिक संस्था, अस्पताल खोल्नु छ । रोजगारीका अवसर सिर्जना गर्नु छ । अवशर खोज्दै बसाई सर्नुपर्ने बाध्यता अन्त्य गर्नु छ।’

तीन वटै सरकार पाएपछि देश स्वर्णीम युगमा प्रवेश गर्ने राईले बताए । 

कार्यक्रमका अधिकांश वक्ताले शेरधनलाई भावी मूख्या मन्त्रीकारुपमा सम्बोधन गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राई लगायतले बोलेका थिए ।

नगरपालिकाको क्रमागत बजेट र दातृ निकायहरुको सहयोगमा २१ करोडको लागतमा निर्माण हुने ‘ला ज्यालो वाङ थोप’ नामक गुम्बाका लागि नुनथलाकै स्थानिय तथा गुम्बा व्यवस्थापन समिति अध्यक्ष मेनुका तामाङ राईले निशुल्क प्रदान गरेको १ रोपनी ७ आना १ पैसा ३ दाम जग्गा दान गरेका छन् ।

गुम्बा निर्माण पश्चातच नुनथलाका बौद्ध धर्मावलम्बीसहित आसपासका गाउँपालिका तथा नगरपालिकाका सेवाग्राहीले सुविधा लिन सकिने गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष महेश तामाङले बताउनुभयो । 

गुम्बामा बौद्ध धर्म अनुसारका संस्कार गर्न सकिन्छ अध्यक्ष तामाङले भने, गुम्बा निर्माणमा हामी सबैको सहयोगको अपेक्षा राख्दछौ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन