१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा प्रजातान्त्रिकका अध्यक्षलाई आयो यस्तो सामुहिक ‘अनुरोध पत्र’

२२ माघ २०७४, सोमबार ०६:३१

राष्ट्रिय प्रजातान्त्र पार्टी (प्रजातान्त्रिक) नयाँ राजनीतिक दल होइन, हाम्रो पार्टी २०४७ सालमा बरिष्ट राजनीतिज्ञहरुद्वारा संस्थापित तथा सञ्चालित भई बिगत २७ वर्षदेखि राष्ट्रियता, प्रजातन्त्र र उदारवादप्रति प्रतिबद्ध राष्ट्रिय प्रजातान्त्र पार्टीको लिगेसी (बिरासत) बोकेको राजनीतिक दल हो भन्ने कुरामा दुइमत छैन । 

यसर्थ, पार्टी स्थापना हुँदाको समयमा राप्रपा पार्टीको विधान २०४७ तथा राप्रपा र राप्रपा नेपालको एकीकरणपश्चात् २०७३ फागुन ६ देखि ९ सम्म काठमाडौंमा सम्पन्न ‘एकता महाधिवेशन’ द्वारा सर्वसम्मतिबाट पारीत राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान, २०७३ को अक्षर र भावना बमोजिम त्यसको प्रस्तावना, उद्देश्य र लक्ष्यप्रति प्रतिबद्ध भई संगठित भएको दल भएकोले यही अनुरुप पार्टीको नीति एवं रणनीति तय गरिनु वाञ्छनीय कुरा हो ।


उपरोक्त पृष्ठभूमिमा हाम्रो पार्टी राप्रपा (प्रजातान्त्रिक) नेपालको कानुनअनुसार ४० प्रतिशतभन्दा बढी केन्द्रीय कार्य समितिका सदस्य एवं ४० प्रतिशतभन्दा बढी संसदीय दलका सदस्यहरुको ईच्छा र आकांक्षाअनुरुप वैधानिक रुपमा गठन भएको राष्ट्रिय स्तरको पार्टी हो भन्ने कुरामा पनि कसैको दुइमत छैन । यसरी गठित राप्रपा (प्रजातान्त्रिक) को आगामी महाधिवेशन सम्पन्न नभएसम्म एकता महाधिवेशनद्वारा पारीत बैचारिक तथा सैद्धान्तिक आधारस्तम्भ, उद्देश्य र लक्ष्य नै यस पार्टीको भावी मार्गचित्र भएको कुरामा हामी प्रतिबद्ध रहेर राजनीतिक निष्ठा र अनुशासनमा रहनु यस पार्टीमा आवद्ध नेता, कार्यकर्ता तथा पार्टीका शुभेच्छुकहरुको कर्तब्य हो भन्ने हामी ठान्दछौं ।

ऐतिहासिक संविधान सभाद्वारा निर्मित नेपालको संविधान २०७२ प्रति आलोचनात्मक समर्थन गर्दै राष्ट्रिय राजनीतिमा क्रियाशील राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) प्रति ठूलो अपेक्षा र भरोसाका साथ पार्टीमा आवद्ध कार्यकर्ता तथा यस पार्टीका शुभेच्छुकहरु पार्टीले स्थानीय तह लगायत प्रतिनिधी सभा र प्रदेश सभाहरुको हालै सम्पन्न संसदीय र प्रादेशिक विधायिकी निर्वाचनको परिणामबाट निरास र हतोत्साहित भएको विषाद्पूर्ण अवस्था हाल विद्यमान रहेको श्रद्धेय अध्यक्षज्यूमा विदितै छ । 

निर्वाचनअघि नेपाली कांग्रेस नेतृत्वमा घोषित लोकतान्त्रिक गठबन्धनमा अन्य दलहरुभन्दा पहिले नै सामेल भएको राप्रपा (प्रजातान्त्रिक) को लज्जास्पद चुनावी परिणामका साथै पार्टीको दयनीय संस्थागत र आन्तरिक सांगठानिक अवस्था देखेर पार्टीका नेता, कार्यकर्ता मात्र होइन, आम नागरिक र बुद्धिजीवी समुदाय समेत विष्मित भएका छन् ।

राप्रपा (प्रजातान्त्रिक) ले लोकतान्त्रिक गठबन्धनको सहमतिका नाममा देशभरीमा जम्मा चार जनालाई प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेद्वार उठाएर प्रतिनिधि सभाको प्रत्यक्षतर्फका १६१ संसदीय स्थान र प्रदेश सभाका सातवटै प्रदेशका प्रत्यक्षतर्फका सबै प्रादेशिक विधायिकी स्थानहरु गठबन्धनका अन्य पार्टीका लागि चुनावी मैदान खाली छोड्नुबाट परिणाम दुर्भाग्यपूर्ण हुनु स्वभाविक थियो, जसको असर समानुपातिक मतमा समेत पर्न गयो । 

पार्टीको गलत नीतिले गर्दा पार्टी न कुनै स्थानमा विजयी भयो, न त ‘थ्रेसहोल्ड’ पार गरेर राष्ट्रिय पार्टी र प्रदेशस्तरीय पार्टी नै बन्न सक्यो । यसको जिम्मेवारी कसले लिने ? पार्टीले निर्वाचन सकिएको तीन महिना भइसक्दा पनि निर्वाचन परिणामको समीक्षा नगरिएको हुँदा पार्टी कार्यकर्तापंक्तिमा थप अन्योल, र आशंका बढाएको छ भने नेतृत्वदायी समुहप्रति अविश्वास बढ्न थालेको छ ।

एउटा ऐतिहासिक परिवेशमा जन्म भई २७ वर्षसम्म निरन्तर राष्ट्रिय राजनीतिको मूलधारमा रहेको हाम्रो पार्टीको यस पटकको चुनावी पराजयबाट पार्टीको छवीमा दूरगामी नकारात्मक असर पर्ने मात्र नभई पार्टीको स्थायीत्वमै खतरा बढेर गएको छ । यो कटु सत्य हो । यसैले राप्रपा (प्रजातान्त्रिक) मा निकट भविष्यमै आवश्यक सुधार र सुदृढीकरण गर्नुपर्ने देशभरीकै नेता, कार्यकर्तापंक्तिमा प्रबल चासो र चिन्ता बढेर गएको हो । 

पार्टीप्रतिको प्रतिबद्धता र निष्ठाका कारण हामी पार्टीका केही पदाधिकारी लगायत केन्द्रीय कार्य समितिका सदस्यहरु र विभिन्न तहका नेता, कार्यकर्ताहरुले जीवन्त राजनीतिक दलमा हुनुपर्ने आचरण र ब्यबहार बमोजिम विधानसम्मत रुपमा केही सातादेखि प्रजातान्त्रिक तरिकाले ऋंखलाबद्ध अन्तरक्रियात्मक संवाद र छलफल चलाइरहेको कुरा अध्यक्षज्यूमा जानकारी भएकै विषय हो । पार्टीमा उत्पन्न विषम परिस्थितिको निकास खोज्न आवश्यक पहल गर्ने क्रममा हाम्रो चासो र चिन्ता पार्टीका श्रद्धेय अध्यक्षज्यू स्वयम् तथा अध्यक्षज्यू मार्फत पार्टीको केन्द्रीय नेतृत्व तह, खासगरी कार्यसम्पादन समितिबाट संबोधन र कार्यान्वयन गर्नका लागि यो अनुरोधपत्र देशभरका कार्यकर्ता, नेताका तर्फबाट अध्यक्षज्यू समक्ष प्रस्तुत गर्ने सर्वसम्मतिले निर्णय भएको व्यहोरा पनि अवगत गराउंछौं ।

खासगरी पार्टीको वर्तमान अवस्थाबारे आम कार्यकर्ता, नेता पंक्तिमा संवेदनशील कुराहरु उठेका छन् र सबै तहका कार्यकर्ता, नेता तहमा आ–आफ्नो भूमिका, जिम्मेवारी र दायित्वको खोजी भएको छ । 

यसका साथै एकता महाधिवेशनको भावनाअनुसार पार्टीको बैचारिक तथा सैद्धान्तिक आधारको स्पष्ट रुपमा पुनर्पुष्टी गरिनुपर्ने, पार्टीको चुनावी पराजयका बारे केन्द्रीय कार्य समितिको बैठक तत्काल बोलाएर समीक्षा गरिनुपर्ने, चुनावी पराजयको एक प्रमुख कारक ‘परस्परागत शक्ति’ भन्ने धारणा अस्पष्ट र नक्कली ठहरिएकोले संवैधानिक राजसंस्थासहितको बहुदलीय प्रजातन्त्र र सनातन धर्मसापेक्षताका बारे स्पष्ट पारिनुपर्ने, पार्टीमा कतिपय निर्णयहरु लिइदा पार्टीका अध्यक्ष समेतलाई गुमराहमा पारिएकाले पार्टी पद्धतिअनुरुप पार्टी सञ्चालन हुनुपर्ने तथा नयाँ सोंच र शिराका साथ पार्टीलाई कार्यनीतिक र रणनीतिक रुपमा पूरै ओभरहल (सुधार) गर्नुपर्ने, पार्टीको विद्यमान नेतृत्व समुहलाई सम्मानजनक स्थान दिई अबका दिनमा नेतृत्वदायी भूमिकामा सामुहिक नेतृत्व प्रणालीअनुरुप पुस्तान्तरण गर्नुपर्ने, पार्टीका साथीहरु देशव्यापी रुपमा निस्कृय वा पार्टीबाट पलायन हुनुपर्ने बढ्दो बाध्यताको अन्त्य गर्न ठोस विकल्प र कार्यक्रमसहित पार्टी अघि बढ्नुपर्ने, हालैको चुनावी गठबन्धन र तालमेल गलत साबित भएकाले त्यसप्रति पुनर्बिचार हुनुपर्ने, पार्टीका महिला एवं युवावर्गलाई समावेशीताका आधारमा निर्णय प्रक्रियामा सहभागी गराउनुका साथै भातृ तथा भगिनी संगठनहरुबारे योजनाबद्ध कार्यक्रमसहित ती संगठनहरुलाई सक्रिय र सबलीकरण गर्नुपर्ने, जनताका सरोकारका पीडा र समस्याका बारे पार्टीले सरकारमाथि निरन्तर दबाब दिनुपर्ने, समान बिचार राख्ने पार्टी, समुह वा व्यक्तिलाई गोलबद्ध गरी राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरुसंग ऐक्यबद्धता, एकीकरण वा मोर्चा बन्दी गरी पार्टीको सर्वोपरी उद्देश्य र लक्ष्य हासील गर्ने वातावरणका लागि पार्टीले पहल गर्नुपर्ने लगायत पार्टी सुदृढीकरण र जनतामाझ लोकप्रियता अभिवृद्धिका लागि माथि उठाइएका महत्वपूर्ण र सारभूत प्रश्न एवं समस्याहरुलाई पार्टी नेतृत्वले यथासिघ्र संबोधन गर्नुपर्ने देशभरका कार्यकर्ता, नेताहरुको आकांक्षा यस अनुरोधपत्रमा प्रतिबिम्बित रहेको छ ।

तर अहिलेकै गतिहीन अवस्थामा पार्टी रहिरहेमा पार्टी र नेतृत्वको नाम, इतिहास र प्रतिष्ठा धुमिल हुने खतरा देखिएको छ । यसैले हाम्रा सामु पार्टी संगठन र नेतृत्व दुबैको साख र सम्मानलाई जोगाउनु पर्ने चुनौति समेत रहेको हामीले महसुस गरेका छौं ।

यसर्थ, बैचारिक तथा सैद्धान्तिक अस्पष्टता चिर्न, पार्टीको सांगठानिक सुदृढीकरण र कार्यक्रमसहित पार्टीलाई जीवन्त रुपमा अघि बढाउने कार्यमा सघाउ पु¥याउन पार्टीको विधानको २६ र २७ बमोजिम केन्द्रीय कार्य समितिको बैठक एक महिनाभित्र बसाउने गरी र पार्टीको विधानको धारा २४ र २५ बमोजिमको केन्द्रीय परिषद्को बैठक बस्ने तिथि एक महिनाभित्र तोक्ने मांगसहित हामी देशभरका कार्यकर्ता, नेताका तर्फबाट तपसिलका राप्रपा (प्रजातान्त्रिक) का पदाधिकारी र केन्द्रीय कार्य समितिका सदस्यहरु आदरणीय अध्यक्षज्यू र अध्यक्षज्यूमार्फत केन्द्रीय कार्य समितिसँग हार्दिक अनुरोध गर्दछौं ।


उपाध्यक्ष, प्रवक्ता, ४ सह–महामन्त्री, ६ सहायक महामन्त्री, विभागीय प्रमुखहरु लगायत केन्द्रीय सदस्यहरुद्वारा सामुहिक रुपमा राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष समक्ष प्रस्तुत अनुरोध पत्र

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु भेटिएन, दिल्ली उडानको तयारी एमाले कार्यालयको जग्गादान प्रक्रिया तत्काल यथास्थितिमा राख्न अल्पकालीन आदेश रविले हिरासतमा कतिबेला भेटघाट गर्न पाउँछन्, बाँकी समय के गरेर बिताउँछन् ? बम राखिएको सूचनापछि दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा सर्च मुलुकभित्र वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक: श्रममन्त्री भण्डारी सर्वोच्च अदालत कात्तिक १५ देखि १९ गतेसम्म बन्द रहने धोनीले आइपीएल खेल्ने इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ७० जनाको ज्यान गयो अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन : सांसद बडु सरकारले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउँछः गृहमन्त्री धनराज गुरूङमाथि अनुसन्धान गर्न गगन थापाको माग महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस् ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या