१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश १ मा एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने

२२ माघ २०७४, सोमबार ०७:१९

माघ २२, मोरङ | प्रदेश नं १ मा नेकपा (एमाले)को संसदीय दलको नेता चयनका लागि माघ २६ गते विराटनगरमा निर्वाचन हुने भएको छ । 

आज बिहान विराटनगरमा बसेको प्रदेश समिति बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो । 

एमाले प्रदेश समितिले निर्वाचनका लागि अधिवक्ता चूडामणि आचार्यको संयोजकत्वमा प्रेम पोखरेल र टीकाराम पुरी सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरेको छ । 

संसदीय दलको नेता चयनका लागि माघ २६ गते संसदीय दलको कार्यालयमा निर्वाचन गर्ने निर्णय भएको हो । प्रदेश नं १ मा एमालेभित्र संसदीय दलको नेतामा केन्द्रीय सचिव भीम आचार्य, पोलिटब्यूरो सदस्य शेरधन राई र केन्द्रीय सदस्य जीवन घिमिरेले दाबी गर्दै आउनुभएको छ । उहाँहरूबीच सहमतिको प्रयास सम्भव नभएपछि अन्ततः निर्वाचन नै हुने भएको हो । प्रदेश नं १ मा एमाले एक्लैको बहुमत रहेकाले संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह