२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेशसभा सदस्य औपचारिक पोशाकमा

२०७४, २२ माघ सोमबार ०७:३४

माघ २२, पोखरा | प्राकृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ प्रदेशसभाको पहिलो बैठकमा नेपालको संविधानको भावनाअनुरुप सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधता छर्लङ्ग देखिएको छ । 

नेपाली जनताको ठूलो बलिदानबाट जारी भएको संविधान कार्यान्वयनको महत्वपूर्ण पाटो मानिएको प्रदेशसभाको बैठकमा आउने धेरैजसो सदस्य औपचारिक पोशाकमा देखिन्थे । 

रातो कार्पेटकै झल्को दिने किसिमले बिच्छाइएको रातो डोरमेट प्रयोग गरेर चिटिक्क सजाइएको नदीपुरस्थितस्थित प्रदेशसभाको बैठकमा औपचारिक पोशाकका साथ प्रदेशसभा सदस्य प्रवेश गरेको दृश्य निकै आकर्षक देखिएको थियो । 

बिहान ११.०२ बजे जनाउ घण्टी बज्नु अगावै प्रदेशसभा सदस्य बैठकस्थल प्रवेश गरिसकेका थिए । 

जातीय विविधता स्पष्ट देखिने यस प्रदेशसमा ३० जना खसआर्य, २५ जना आदिवासी जनजाति, तीनजना दलित र एकजना अल्पसंख्यक सदस्य छन् । त्यस्तै यस प्रदेशमा ४० पुरुष तथा २० महिला छन् । 

जम्मा ६० सदस्यले प्रतिनिधित्व गर्ने सो प्रदेशको भौगोलिक सिमाना हिमालपारिको जिल्ला मनाङ मुस्ताङदेखि तराईको सुस्तासम्म फैलिएको छ । 

यस प्रदेशमा गोरखा, लमजुङ, कास्की तनहुँ, स्याङ्जा, नवलपरासी, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र मनाङ गरी ११ वटा जिल्ला छन् । 

शनिबार बसेको सर्वदलीय बैठमा पुरुषका लागि दौरासुरुवाल कोट, सुट पाइन्ट वा जातीय पहिचान झल्किने पोशाक निर्धारण गरिएको थियो भने महिलाका लागि साडी चोलो, सुट पाइन्ट वा जातीय पहिचान झल्किने पोशाक निर्धारण गरिएको थियो । 

प्रदेश नं ४ मा प्रमुख दल नेकपा (एमाले)का २७, नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एकजना छन् । 

सुरक्षाका लागि बैठकस्थल प्रवेश गर्नुअघि मूल प्रवेशद्वारमै प्रदेशसभा सदस्यको जाँच गरिएको थियो । 

उक्त बैठकको नेपाल टेलिभजनलगायतका विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए । सञ्चारकर्मीका लागि पास वितरण व्यवस्थित नहुँदा बैठकको प्रारम्भमा प्रवेशमा केही असहजता देखिएको थियो । 

माथिको आदेश भन्दै गरिएको सुरक्षा जाँचमा प्रदेशसभा सदस्यले आफ्नो पहिचान खुल्ने नागरिकता वा अन्य परिचयपत्र देखाएर बैठकस्थल प्रवेश गरेको थिए ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा