२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ४ को प्रदेशसभा बैठक दर्शकदीर्घाबाट

२०७४, २३ माघ मंगलवार ०३:१८

नारायण न्यौपाने/माघ २३, पोखरा । सातै प्रदेशमा प्रदेशसभाका बैठक धमाधम शुरु भएसँगै जनता र राजनीतिक दलले लामो समयदेखि संघर्ष गर्दै आएको संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरेको टिप्पणी गरिएको छ । 

प्रदेशसभा नं ४ को प्रदेशसभा बैठकको दर्शकदीर्घामा रहेर अध्ययन गर्नुभएकी पूर्वसांसद बलावती शर्माले भन्नुभयो– यो बैठक बसिरहँदा हिजोदेखि हामीले संघर्ष गर्दै आएको संघीयता कार्यान्वयन भएको अनुभूति भएको छ । 

अरु प्रदेशको तुलनामा प्रदेश नं ४ मा पर्याप्त साधनस्रोत भएको हुँदा साच्ँिचकै उत्कृष्ट प्रदेश बनाउनुपर्छ भन्नेमा प्रदेशसभाका सदस्यले जोड दिनुभएको छ, निर्वाचनको बेला दलहरुले गरेका प्रतिबद्धता कार्यान्वयन गरेर अघि बढ्नुपर्छ, जसबाट प्रदेश सम्मुन्नत हुनेछ, जनता सुखी हुनेछन्– उहाँले भन्नुभयो । 

संघीय संसद्का सांसद रवीन्द्र अधिकारीले प्रदेशसभाको सञ्चालन पूर्वाधारको जे अवस्था छ, त्यसभित्र रहेर शुरु भएकाले व्यवस्थापन र सञ्चालनको तयारी राम्रो ढंगबाट भएको प्रतिक्रिया दिनुभयो । 

उहाँले भन्नुभयो– “प्रदेशसभा सदस्यले मर्यादित ढंगबाट आफना विचार राख्नुभएको छ, पहिलो बैठकले संघीयताको जीवन्तता प्रस्तुत गरेको छ, प्रदेशसभाको झल्को आउने गरी राम्रैसँग काम भएको छ, भोलिका दिनमा सभामुख, राजनीतिक दल र सरकारको क्रियाशीलता, प्रभावकारिता र सिर्जनशीलताबाट संघीयता प्रभावकारी रुपमा कार्यान्वयन हुनेछ ।” 

सांसद अधिकारी भन्नुहुन्छ– “प्रदेशसभा कानून निर्माणमा क्रियाशील हुनुपर्छ, कानून निर्माण र प्रदेशसभा सरकार सञ्चालन ठीक ढंगले गर्न सभाले भूमिका खेल्ने छ ।” 

अर्का सांसद जगत विश्वकर्माले प्रदेशसभाको बैठक अत्यन्त प्रभावकारी र ऐतिहासिकरुपले सम्पन्न भएकोमा आफूलाई गौरव महसुस भएको प्रतिक्रिया दिनुभयो । 

बैठकमा मूलरुपले प्रदेश नं ४ लाई समृद्ध तुल्याउने जस्ता समसामयिक विषय उठेका छन्, जनताको जनजीविकालाई लक्ष्य गरेर विषय आएका हुन्, यसलाई कार्यान्वयन गरेर अघि बढ्नुपर्दछ, आगामी दिनमा विकसित र समुन्नत प्रदेशका रुपमा विकास गर्छाैं भन्ने सबैबाट प्रतिबद्धता व्यक्त हुनु शुभसंकेत हो– उहाँले भन्नुभयो । 

दर्शकदीर्घाबाट उक्त प्रतिक्रिया आइरहँदा बैठकमा प्रदेशसभा सदस्य पृथ्वी सुब्बा गुरुङले प्रदेश नम्बर ४ लाई हरेक दृष्टिकोणबाट समृद्ध भएको हामी देश र दुनियाँलाई देखाउन चाहन्छाँै भनी अठोट व्यक्त गरिरहनुभएको थियो । 

प्रदेशसभाले यस प्रदेशबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै सांसदलाई पहिलो बैठकका लागि आमन्त्रण गरेको थियो । बैठकमा पूर्वसांसदहरुको उपस्थिति पनि निकै बाक्लोरुपमा देखिन्थ्यो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा