२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ४ को प्रदेशसभा बैठक दर्शकदीर्घाबाट

२३ माघ २०७४, मंगलवार ०३:१८

नारायण न्यौपाने/माघ २३, पोखरा । सातै प्रदेशमा प्रदेशसभाका बैठक धमाधम शुरु भएसँगै जनता र राजनीतिक दलले लामो समयदेखि संघर्ष गर्दै आएको संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरेको टिप्पणी गरिएको छ । 

प्रदेशसभा नं ४ को प्रदेशसभा बैठकको दर्शकदीर्घामा रहेर अध्ययन गर्नुभएकी पूर्वसांसद बलावती शर्माले भन्नुभयो– यो बैठक बसिरहँदा हिजोदेखि हामीले संघर्ष गर्दै आएको संघीयता कार्यान्वयन भएको अनुभूति भएको छ । 

अरु प्रदेशको तुलनामा प्रदेश नं ४ मा पर्याप्त साधनस्रोत भएको हुँदा साच्ँिचकै उत्कृष्ट प्रदेश बनाउनुपर्छ भन्नेमा प्रदेशसभाका सदस्यले जोड दिनुभएको छ, निर्वाचनको बेला दलहरुले गरेका प्रतिबद्धता कार्यान्वयन गरेर अघि बढ्नुपर्छ, जसबाट प्रदेश सम्मुन्नत हुनेछ, जनता सुखी हुनेछन्– उहाँले भन्नुभयो । 

संघीय संसद्का सांसद रवीन्द्र अधिकारीले प्रदेशसभाको सञ्चालन पूर्वाधारको जे अवस्था छ, त्यसभित्र रहेर शुरु भएकाले व्यवस्थापन र सञ्चालनको तयारी राम्रो ढंगबाट भएको प्रतिक्रिया दिनुभयो । 

उहाँले भन्नुभयो– “प्रदेशसभा सदस्यले मर्यादित ढंगबाट आफना विचार राख्नुभएको छ, पहिलो बैठकले संघीयताको जीवन्तता प्रस्तुत गरेको छ, प्रदेशसभाको झल्को आउने गरी राम्रैसँग काम भएको छ, भोलिका दिनमा सभामुख, राजनीतिक दल र सरकारको क्रियाशीलता, प्रभावकारिता र सिर्जनशीलताबाट संघीयता प्रभावकारी रुपमा कार्यान्वयन हुनेछ ।” 

सांसद अधिकारी भन्नुहुन्छ– “प्रदेशसभा कानून निर्माणमा क्रियाशील हुनुपर्छ, कानून निर्माण र प्रदेशसभा सरकार सञ्चालन ठीक ढंगले गर्न सभाले भूमिका खेल्ने छ ।” 

अर्का सांसद जगत विश्वकर्माले प्रदेशसभाको बैठक अत्यन्त प्रभावकारी र ऐतिहासिकरुपले सम्पन्न भएकोमा आफूलाई गौरव महसुस भएको प्रतिक्रिया दिनुभयो । 

बैठकमा मूलरुपले प्रदेश नं ४ लाई समृद्ध तुल्याउने जस्ता समसामयिक विषय उठेका छन्, जनताको जनजीविकालाई लक्ष्य गरेर विषय आएका हुन्, यसलाई कार्यान्वयन गरेर अघि बढ्नुपर्दछ, आगामी दिनमा विकसित र समुन्नत प्रदेशका रुपमा विकास गर्छाैं भन्ने सबैबाट प्रतिबद्धता व्यक्त हुनु शुभसंकेत हो– उहाँले भन्नुभयो । 

दर्शकदीर्घाबाट उक्त प्रतिक्रिया आइरहँदा बैठकमा प्रदेशसभा सदस्य पृथ्वी सुब्बा गुरुङले प्रदेश नम्बर ४ लाई हरेक दृष्टिकोणबाट समृद्ध भएको हामी देश र दुनियाँलाई देखाउन चाहन्छाँै भनी अठोट व्यक्त गरिरहनुभएको थियो । 

प्रदेशसभाले यस प्रदेशबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै सांसदलाई पहिलो बैठकका लागि आमन्त्रण गरेको थियो । बैठकमा पूर्वसांसदहरुको उपस्थिति पनि निकै बाक्लोरुपमा देखिन्थ्यो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की