२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेश ४ को पहिलो बैठकमा राष्ट्रनिर्माताको स्मरण

२०७४, २३ माघ मंगलवार ०४:२१

माघ २३, पोखरा । प्रदेश नं ४ को प्रदेशसभाको सोमबार सम्पन्न पहिलो बैठकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै उहाँप्रति सम्मान व्यक्त गरिएको छ । 

बैठकमा पहिलो वक्ताका रुपमा प्रदेशसभा सदस्य पृथ्वीसुब्बा गुरुङले तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आधुनिक नेपालको सीमा निर्धारण गर्ने सन्दर्भमा साम्राज्यवाद विरुद्ध खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । 

सांसद गुरुङले भन्नुभयो– “हामी आज जुन ठाउँमा उभिएर बैठक गर्दैछौँ, यो त्यस्तो प्रदेश हो, जहाँबाट राष्ट्रिय एकीकरणको अभियान शुरु गरेर आधुनिक नेपालको निर्माण भएको थियो ।” 

राष्ट्रिय स्वाधिनताको मुद्दामा प्रदेशसभा अखण्ड, एकीकृत र समृद्ध नेपाल निर्माण गर्ने काममा प्रतिबद्ध रहने विश्वास पनि उहाँले दिलाउनुभयो । अर्का वक्ता किरण गुरुङले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेकै कारण आज हामी नेपाली भनेर गर्वका साथ बाँच्न पाएका छौँ भन्नुभयो । 

उहाँले भन्नुभयो– “गोर्खा राज्य विस्तारको नेतृत्व पृथ्वीनारायणले गर्नुभएको थियो, म यतिबेला सर्वप्रथम उहाँलाई स्मरण गर्दै सम्मान गर्न चाहन्छु, ।” उहाँहरु दुवैजना वक्ता प्रदेश नं ४ का मुख्य मन्त्रीका दावेदार पनि हुनुहुन्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध