१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति र उपराष्ट्रपति पद एउटै व्यक्तिले दोहोर्‍याउन हुँदैन्: खनाल

२३ माघ २०७४, मंगलवार ०८:०३

माघ २३, काठमाडौं । एमाले बरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति र उपराष्ट्रपति जस्ता महत्वपूर्ण पद्मा एउटै व्यक्तिको कार्यकाल दोहोर्‍याउन नहुने बताएका छन् ।

कतारमा भएको आईक्याप सम्मेलनमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग उनले एमाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल फेरि नदोहोर्‍याउने पक्षमा रहेको दावी गरे ।

उनले पार्टीमा महत्वपूर्ण योगदान गरेका धेरै बिशिष्ट व्यक्ति रहेकाले कसैको व्यक्तिगत इच्छा पूरा गर्न नसकिने बताए । पार्टीले जिम्मेवारी दिए आफू राष्ट्रपति बन्ने संकेत खनालको थियो । 

वरिष्ठ नेता खनालले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया छिट्टै निश्कर्षमा पुग्ने दावी समेत गरे । उनले विचार र संगठनात्मक समस्या समाधान गर्न दुई पार्टीबीच छलफल भइरहेको जानकारी पनि दिए ।

‘पार्टी एकताको प्रक्रिया आफ्नै ढंगले अघि बढेको छ । हामी चाँडो भन्दा चाँडो एकता गर्ने कोशिसमा छौं । पार्टी एकताका लागि वैचारिक र संगठनात्मक समस्याहरु समाधान गर्ने विन्दुमा हामी छौं । चाँडै नै यी समस्याहरु समाधान हुन्छन्’ उनले भने ।

उनले भारतीय विदेशमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणले दुई देशको सम्बन्ध बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह