१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

औपचारिकतामा बाहेक पार्टी एकता भइसक्यो: नेता प्रभाकर

२३ माघ २०७४, मंगलवार १२:१३

माघ २३, सुर्खेत | नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेकपा (एमाले) र माओवादी केन्द्रबीच औपचारिकतामा बाहेक पार्टी एकता भइसकेको बताउनुभयो । 

प्रेस सेन्टर प्रदेश नं. ६ सुर्खेतद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “अब एकता घोषणा हुन मात्र बाँकी छ, त्यसका लागि सकारात्मक छलफल भइरहेको छ, दुवै पार्टीका नेताहरुको कार्य विभाजन भएपछि एकताको मिति घोषणा हुनेछ ।” 

नेता शर्माले एकताबाट बन्ने पार्टीको अध्यक्षको विषयमा दुवै पार्टीका अध्यक्षबीच सकारात्मक छलफल भइरहेको बताउँदै एकता प्रक्रिया जनअनुमोदित भइसकेकाले यसमा कुनै शंका नगर्न आग्रह गर्नुभयो । 

पार्टीको एकताको विपक्षमा जाने छुट कसैलाई छैन, उहाँले भन्नुभयो – “भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले एकतामा कुनै प्रभाव पार्ने छैन् ।” 

माघ २५ गते मुख्यमन्त्रीको टुङ्गो लाग्ने निश्चित 

पत्रकार भेटघाट कार्यक्रममा नेता शर्माले माओवादीको भागमा परेको प्रदेश नं ६ को मुख्यमन्त्रीको टुङ्गो माघ २५ गते निश्चित रुपमा लाग्ने बताउँदै यसको टुङ्गो लगाउन पार्टीको विधि पद्धतिअनुसार अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री छनोटका लागि सहजीकरण गर्न आफू सुर्खेत आइपुगेको पनि उहाँले जानकारी दिनुभयो । 

कर्णाली सुनको डल्ला हो, कालिगढको आवश्यक छ 

गरिब नागरिकको भूमिका रुपमा परिचय दिइएको ६ नं प्रदेशलाई नेता शर्माले सुनको डल्लाका उपमा दिनु भएको छ । 

“प्रदेश नं. ६ सुनको डल्ला हो, गहना बनाउने कालिगढको आवश्यक छ, त्यसको भूमिकामा प्रदेश नं ६ को सरकार रहुनुपर्दछ र हामी पनि तम्तयार हौँ,” उहाँले भन्नुभयो । 

नेता शर्माले भन्नुभयो –“ ५२ प्रतिशत गरिबी, न्यून प्रतिव्यक्ति आय, कम औसत आयु भएको प्रदेशलाई सम्पन्न बनाउनु चुनौतीपूर्ण त छ नै तर पनि यसलाई सामना गरी अघि बढेर धनी प्रदेशमा रुपान्तरण गर्न दृढ संकल्पित छौँ ।” रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह