२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यार्थी संगठनद्वारा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग

२०७४, २४ माघ बुधबार ०८:१५

माघ २४, काठमाडौँ | विभिन्न विद्यार्थी संगठनले पछिल्लोपटक शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग गरेका छन् । 

अनेरास्ववियू, अखिल क्रान्तिकारी र नेवि संघलगायतका विद्यार्थी संगठनले संयुक्तरूपमा आज एक प्रेस विज्ञप्ति जारी गरी चर्को शुल्क वृद्धि रोक्नुपर्नेमा माग गरेका हुन् । 

सरकारले तोकेको मापदण्ड र निर्देशन विपरीत मेडिकल शिक्षामा गरेको अनियमिततालाई रोकी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग गर्दै अनेरास्ववियूका अध्यक्ष नवीना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र नेवि संघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा २१ सदस्यीय अनुगमन टोलीसमेत गठन गरिएको छ । 

सो टोलीले युनिभर्सल मेडिकल कलेज, भैरहवा, चितवन मेडिकल कलेज, भरतपुर, किस्ट मेडिकल कलेज, ललितपुर, गण्डकी मेडिकल कलेज, पोखरा र नेशनल मेडिकल कलेज, वीरगञ्जको अनुगमन गर्नेछ । 

ती विद्यार्थी संगठनले संविधानप्रदत्त अधिकारअनुरुप आधारभूत र माध्यमिक शिक्षालाई पूर्णरुपमा निःशुल्क घोषणा गरी आगामी शैक्षिक सत्रबाट लागू गर्नुपर्ने समेत गरेका छन् । विद्यार्थी संगठनले राखेका माग जतिसक्दो चाँडो समाधान नगरेको खण्डमा कडा संघर्षमा जाने नेविसंघका सहमहामन्त्री प्रेम जोशीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध