१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय सभा निर्वाचन शान्तिपूर्ण र उत्साहजनक, करिब ९९.५२ प्रतिशतद्वारा मतदान, मतगणना सुरु

२४ माघ २०७४, बुधबार १२:२४

माघ २४, काठमाडौँ | बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचन शान्तिपूर्ण र उत्साहजनक भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय सभा निर्वाचनमा करिब ९९.५२ प्रतिशतले मतदान गरेका छन् ।  

आज देशका बिभिन्न ६ प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको हो । प्रदेश २ मा भने यस अघि नै निर्बिरोध राष्ट्रियसभा सांसदहरु चयन भईसकेका छन् । आज बिहान १० बजेदेखि सुरु भएको मतदान दिनको ३ बजे सम्पन्न भएको थियो । कुल ५६ सदस्यीय राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नम्बर २ का ८ वटै सदस्यहरू निर्विरोध निर्वाचित भएका कारण प्रदेस २ मा भने मतदान गर्नु परेन । कुल २ हजार ५६ जना मतदातामध्ये आजको मतदानमा ६ प्रदेशका स्थानीय तहका १ हजार २३४ र प्रदेश सभाका ४४३ गरी कुल १ हजार ६७७ जना मतदाताले मतदान गरे । 

बिभिन्न प्रदेशमा रहेका निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त पछिल्लो विवरण अनुसार आजको मतदानमा ९९.५२ प्रतिशत मतदान भएको छ । ६ वटै प्रदेशका जम्मा १ हजार ६७७ जना मतदातामध्ये १ हजार ६६९ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए भने जम्मा ८ जना मतदाता अनुपस्थित रहे । मतदानका लागि प्रदेश सभाका सदस्य र स्थानीय तहका मतदाताका लागि अलग–अलग मतदान केन्द्रको व्यवस्था गरिएको थियो । 

मतगणना सुरु 

निर्वाचन आयोगले दिएको जानकारी अनुसार मतदान सकिए लगत्तै सम्बन्धित प्रदेशमै रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणना कार्य जारी छ । आयोगका अनुसार प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्यहरू गरी कुल २,०५६ मतदाता छन् । त्यसैगरी, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १,५०६ जना मतदाता प्रत्येकको मतभार १८ र प्रदेश सभाका सदस्य ५५० जना मतदाता प्रत्येकको मतभार ४८ हुने प्रावधान छ । 

नेपालको संविधानको धारा ८६ को उपधारा (२) र राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ३ (१) अनुसार, प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा प्रत्येक प्रदेशबाट आठ जनाका दरले कुल ५६ जना राष्ट्रिय सभा सदस्यहरू निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामा महिला तीन, दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुने छन् । निर्वाचनमा २४ जना निर्विरोध निर्वाचित भइसक्नु भएकाले अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा छन्  । 

यसैबीच निर्वाचन आयोगले सातवटै प्रदेशमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न सफल भएको भन्दै सबै निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरूलाई निर्वाचन आयोगले धन्यवाद दिएको छ । त्यस्तै निर्वाचन आयोगले निर्वाचनलाई सफल पार्न सहयोग पुर्याउने नेपाल सरकार, सबै राजनीतिक दल, उम्मेदवार, पर्यवेक्षक, मतदाता, सञ्चारकर्मीलाई समेत धन्यवाद दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह