२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

अस्पतालमा प्रभावकारी सेवा सञ्चालन गर्न दबाब दिदै नेबिसद्वारा ज्ञापनपत्र

२०७४, २५ माघ बिहीबार ०६:४८

माघ २५, बारा | कलैया अस्पतालमा सेवा सञ्चालन गर्नका लागि नेपाल विद्यार्थी संघ, बारा र केन्द्रीय समितिले संयुक्तरुपमा जिल्ला अस्पतालका मेसु अनुपमाकुमारी यादवलाई बुधबार एक ज्ञापनपत्र बुझाएका छन् । 

नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री राजेश रौनियारको नेतृत्वमा गएको टोलीले सो ज्ञापनपत्र बुझाएको छ । केही महिनादेखि अस्पतालमा सेवाग्राहीले प्रभावकारी रुपमा सेवा पाई नरहेको अवस्थालाई मध्यनजर गर्दै सेवा सञ्चालनका लागि दबाब सृजना होस् भन्ने उद्देश्यसहित सो ज्ञापनपत्र बुझाइएको सहमहामन्त्री रौनियारले भन्नुभयो । 

अस्पतालमा औषधि अभाव, प्रयोगशालामा केमिकल अभाव, ठूलो साइजको एक्स–रेको फिल्म अभावका कारण सेवाग्राहीले सो पाउन सकेका छैनन् । अस्पतालमा अभाव रहेका सामान तथा चाँडै पूर्ति गरी जनतालाई छिटो र छरितो सेवा उपलब्ध गराउन सरोकारवालाको ध्यान जाओस् सो ज्ञापनपत्रमा भनिएको छ । 

जनताको स्वास्थ्यसँग खेल्ने अधिकार कोही कसैलाई नरहेको हँुदा अस्पतालमा कार्यरत सबैले आफ्नो पदीय दायित्वअनुसार कामकाज अगाडि बढाई निष्ठापूर्वक सेवा प्रवाह गर्नेतिर लाग्नका लागि ज्ञापनपत्रमार्फत आग्रहसमेत गरेका छन् । 

अस्पताल जस्तो संस्थामा कोही कसैबाट राजनीति नहुनु नै राम्रो भएको हँुदा कर्मचारी राजनीतिबाट टाढा नै बस्नुपर्ने जरुरी रहेको नेविसंघद्वारा बुझाइएको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

कुनै पनि बहानाबाट सेवालाई अवरोध गरिए त्यसमा नेविसंघ चुप लागेर नबस्ने विज्ञप्तिमा भनिएको छ । मागप्रति सुनवाइ नभए आन्दोलनमा जान बाध्य हुने र त्यसबाट सृजित समस्याको भागिदार स्वयम् अस्पतालका प्रमुख हुने ज्ञापनपत्रमा भनिएको छ । 

नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री राजेश रौनियार, बारा जिल्लाका वरिष्ठ उपाध्यक्ष जितेन्द्र यादव, जिल्ला सहसचिव हरिओम साह, सदस्यहरु विनयराज शर्मा र प्रवीण पटेलले हस्ताक्षर गरेको सो ज्ञापनपत्रको बोधार्थ नेविसंघको केन्द्रीय कार्यालय, जिल्ला प्रशासन कार्यालय, बारा र कलैया उपमहानगरपालिकाको कार्यालयलाई दिइएको सहमहामन्त्री रौनियारले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा