१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

उच्च मनोबलका साथ काम गर्न मुख्य सचिव रेग्मीको निर्देशन

२५ माघ २०७४, बिहीबार १०:२८

माघ २५, पोखरा | मुख्य सचिव लोकदर्शन रेग्मीले उच्च मनोबलका साथ काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएको छ । 

पोखरामा आज आयोजित एक कार्यक्रममा संघीयताको कार्यान्वयनका लागि कर्मचारीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उहाँले बताउनुभयो ।

 

राज्यले तोकेका जस्तासुकै जिम्मेवारी पनि कर्मचारीले सफलताका साथ बहन गर्दै आएको उल्लेख गर्दै मुख्य सचिव रेग्मीले राज्यका जस्तासुकै कामका लागि हामी अब्बल छौँ भन्ने देखाउने गरी काम गर्न आग्रह गर्नुभयो । 

प्रदेशमा वा स्थानीय तहमा गइसकेपछि निजामती सेवामा प्रवेश गर्दाका आधारभूत शर्त, सेवा सुविधा पाइन्न कि भन्ने द्विविधामा नरहन आग्रह गर्दै उहाँले कर्मचारीलाई अप्ठेरो पर्ने गरी आफ्नो कार्यकालमा कुनै पनि निर्णय नहुने विश्वास व्यक्त गर्नुभयो । 

प्रदेशसभाले अन्तिम निर्णय लिएपछिमात्र स्थायी र दिगो संरचना निर्माण हुने उल्लेख गर्दै मुख्य सचिव रेग्मीले अहिले कार्यसम्पादनका क्रममा धरै खर्च गर्नुभन्दा पनि भएका साधनस्रोत अधिकतम उपयोग गर्न जोड दिनुपर्ने बताउनुभयो । 

सेवा प्रवाहका सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैको उच्च मूल्याङ्कन गर्ने बताउँदै उहाँले संघीयता कार्यान्वयनमा राम्रो भूमिका निर्वाह गर्नेलाई पुरस्कृत गर्ने धारणा व्यक्त गर्नुभयोे । 

प्रदेश नं ४ का प्रमुख सचिव एवं क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले संघीयताको कार्यान्वयनका क्रममा आवश्यकताअनुसारका काम अघि बढिरहेको बताउँदै यस प्रदेशमा तीन वटा मन्त्रालयको व्यवस्थापना भइसकेको र अन्य हुने क्रममा रहेको जानकारी दिनुभयो । 

प्रत्येक मन्त्रालयमा केन्द्रीय फाइल प्रणाली, डिजिटल डकुमेन्टेसन सेन्टर, विद्युतीय हाजिरीजस्ता कामलाई अघि बढाइने जानकारी दिँदै उहाँले तीन वर्षभित्रमा प्रविधिमा आधारित मन्त्रालयका रुपमा सेवा प्रवाह गर्ने गरी काम भइरहेको बताउनुभयो । 

कार्यक्रममा शहरी विकास डिभिजन कार्यालयका प्रमुख किशोरलाल माजुले प्रादेशिक संरचनाअन्तर्गतका आवश्यक भवन निर्माण एवं मर्मत कार्यका सम्बन्धमा जानकारी दिनुभएको थियो । 

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा जिल्ला कार्यालयका प्रमुख, उच्च सुरक्षा अधिकारीको सहभागिता थियो ।रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह