१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कर्णालीका सांसद एउटै मञ्चमा सम्मानित

२६ माघ २०७४, शुक्रबार ०२:३७

माघ २६, सुर्खेत । कर्णाली बौद्धिक मञ्च सुर्खेतले एकै थलोमा बिभिन्न पार्टीबाट विजयी साँसदहरुलाई सम्मान गरेको छ । 

सम्मान कार्यक्रममा बोल्दै साँसद महेन्द्रबहादुर शाहीले समृद्ध कर्णाली प्रदेश निर्माण गर्ने अभिभारा जसरी पनि पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । सभासद नरेश भण्डारीले सुनको सिरानी हालेर नुनको खोजी गर्ने दिनहरु अब टाढिएकोमा खुसी व्यक्त गरे ।

साँसद जीवनबहादुर शाहीले कर्णाली प्रदेशको विकासका लागि उदारा भाषण नगरी काम गर्नु पर्ने समय आएको बताए । साँसद शोसीला शाही, दिनबन्धु श्रेष्ठ, डा. नन्दबहादुर सिंह लगायतका बक्ताहरुले समृद्ध प्रदेश निर्माणका लागि हातेमालो गर्नु पर्नेमा जोड दिए। 


कर्णालीका सबै साँसदहरुलाई दलगत स्वार्थभन्दा माथि उठेर विकासका मुद्धामा ऐक्यबद्धता गर्ने वातावरण सिर्जना गर्न एउटै मञ्चमा सबै दलका साँसदलाई सम्मान गरिएको मञ्चका अध्यक्ष लक्ष्मण सिंहले बताए ।

यसैबीच, नेकपा माओवादी केन्द्र कालीकोटले राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका सभासद्लाई सुर्खेतमा बिहीबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । वाम गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रबाट बिजयी कालीबहादुर मल्ल, जीवन बुढा र यूटोल तामाङ्गलाई सम्मान गरिएको हो ।

प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्र कालीकोटका इन्चार्ज दुर्गबहादुर रावतको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले समाजवादको आधार प्रदेश नं. ६ बाट सुरु हुने दाबी गर्दै १० बर्षभित्र यो प्रदेश समृद्ध प्रदेश बन्ने दाबी ठोकुवा गरे । 

कार्यक्रममा पूर्वगृहमन्त्री तथा प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतले जल, जमिन र जडिबुटीको उपयोग गरी समृद्ध देश बनाउने जिम्मा बामगठबन्धनलाई जनताले दिएकाले त्यसको कार्यान्वयन हुनेमा आशावादी हुन सबैलाई आग्रह गरे ।

बस्नेतले जनताको आकांक्षा विपरित नगई पार्टी एकताको प्रक्रिया तत्काल टुग्याउन पहल भइरहेको बताए । सो अवसरमा प्रदेश सभासद तथा मुख्य मन्त्रीको आकांक्षी महेन्द्रबहादुर शाहीले जनताले दिएको जिम्मेवारी इमान्दारी पूर्वक पुरा गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह