२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गणेशमान सिंह कम्युनिटी सेन्टर हस्तान्तरण

२०७४, २६ माघ शुक्रबार ०७:१७

माघ २६, काठमाडौँ | जापान सरकारको सहयोगमा निर्मित गणेशमान सिंह कम्युनिटी सेन्टर हस्तान्तरण गरेको छ । 

जापान सरकारको रु ८१ लाख लागतमा काठमाडौँको तिनकुनेमा निर्माण भएको उक्त सेन्टरको आज नेपालका लागि जापानी राजदूत मासासी ओगावाले गणेशमान सिंह फाउण्डेशनका अध्यक्ष प्रकाशमान सिंहलाई हस्तान्तरण गर्नुभएको हो । 


फाउण्डेशनका अध्यक्ष एवं काँग्रेसका नेता सिंहले नेपाल–जापानको छ दशक लामो मैत्रीसम्बन्धलाई जनस्तरमा थप प्रगाढ बनाउन जापान सरकारले सेन्टर निर्माण गरी राम्रो काम गरेको बताउनुभयो । 

उहाँले स्थानीय बासिन्दाको आवश्यकताअनुसार कम्युनिटी सेन्टरको निर्माण भएको उल्लेख गर्नुभयो । नेता सिंहले जनआन्दोलनका कमाण्डरका नाममा स्थापना भएको कम्युनिटी सेन्टरले स्थानीय जनतालाई परेका समस्या समाधान र विभिन्न कार्यक्रम निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पार्नुभयो । 

जापानी राजदूत ओगावाले गणेशमान सिंहको नाममा आफूले कम्युनिटी सेन्टर निर्माण गरेर फाउण्डेशनलाई हस्तान्तरण गर्न पाएकामा ज्यादै खुशी रहेको बताउनुभयो । 

उक्त सेन्टरमा सेमिनार, गोष्ठी, बैठक, खेललगायतका कार्यक्रम गर्न सकिनेछ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध