१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गणेशमान सिंह कम्युनिटी सेन्टर हस्तान्तरण

२६ माघ २०७४, शुक्रबार ०७:१७

माघ २६, काठमाडौँ | जापान सरकारको सहयोगमा निर्मित गणेशमान सिंह कम्युनिटी सेन्टर हस्तान्तरण गरेको छ । 

जापान सरकारको रु ८१ लाख लागतमा काठमाडौँको तिनकुनेमा निर्माण भएको उक्त सेन्टरको आज नेपालका लागि जापानी राजदूत मासासी ओगावाले गणेशमान सिंह फाउण्डेशनका अध्यक्ष प्रकाशमान सिंहलाई हस्तान्तरण गर्नुभएको हो । 


फाउण्डेशनका अध्यक्ष एवं काँग्रेसका नेता सिंहले नेपाल–जापानको छ दशक लामो मैत्रीसम्बन्धलाई जनस्तरमा थप प्रगाढ बनाउन जापान सरकारले सेन्टर निर्माण गरी राम्रो काम गरेको बताउनुभयो । 

उहाँले स्थानीय बासिन्दाको आवश्यकताअनुसार कम्युनिटी सेन्टरको निर्माण भएको उल्लेख गर्नुभयो । नेता सिंहले जनआन्दोलनका कमाण्डरका नाममा स्थापना भएको कम्युनिटी सेन्टरले स्थानीय जनतालाई परेका समस्या समाधान र विभिन्न कार्यक्रम निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पार्नुभयो । 

जापानी राजदूत ओगावाले गणेशमान सिंहको नाममा आफूले कम्युनिटी सेन्टर निर्माण गरेर फाउण्डेशनलाई हस्तान्तरण गर्न पाएकामा ज्यादै खुशी रहेको बताउनुभयो । 

उक्त सेन्टरमा सेमिनार, गोष्ठी, बैठक, खेललगायतका कार्यक्रम गर्न सकिनेछ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह