१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनादेशको भावना बिथोल्न नहुनेमा जोड

२६ माघ २०७४, शुक्रबार ११:०३

माघ २६, काठमाडौँ | मुलुकको संक्रमणकाल अन्त्यका लागि जनादेशबमोजिम वाम गठबन्धन नेतृत्वको सरकार अब चाँडो निर्माण हुनेमा विभिन्न दलका नेता बताएका छन् । 

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा गठबन्धनको सरकार गठनका लागि गृहकार्य भइरहेको हुँदा त्यसलाई कसैले पनि बिथोल्न नसक्ने उहाँहरुको भनाइ थियो । 

नेकपा (एमाले)का नेता रघुवीर महासेठले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी देशलाई समृद्ध बनाउन जनताले वाम गठबन्धनलाई मतदान गरेको स्मरण गर्दै एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार निर्माण भएपछि दुवै दलको एकता हुने बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले एकताका लागि वार्ता संयोजन समितिको बैठक आज बस्ने जानकारी दिँदै एकतापछि दुवै दल एउटै हुने हुँदा पार्टी तथा सरकारको नेतृत्व जसले गर्दा पनि फरक नपर्ने र नेता व्यवस्थापनका लागि दलहरुका बीच आन्तरिक गृहकार्य भइरहेको उल्लेख गर्नुभयो । 

राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले सरकार प्राथमिकताको विषय नभए पनि अब बन्ने नयाँ सरकार संविधान संशोधनको विषयमा लचक भए आफूहरु पनि सरकारमा सहभागी हुन सक्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह