२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्व. कोइरालाको सम्झना र काँग्रेस प्रदेशसभा संसदीय दलको विधान पारित

२०७४, २६ माघ शुक्रबार ११:५३

माघ २६, काठमाडौँ | नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सम्झनामा आज एक मिनेट मौन धारण गरिएको छ । 


प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकको प्रारम्भमा निष्ठावान्, सादगी र संविधान जारी गर्ने अभियानका नेतृत्वकर्ता कोइरालाको तेस्रो पुण्य स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरिएको पार्टी कार्यालयले जनाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले ‘नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४’ सुझावसहित सर्वसम्मत रुपमा पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । 

उक्त विधानको मस्यौदा तयार गर्न पार्टीले केही दिनअघि केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालको संयोजकत्वमा मुख्य सचिव पौडेल र सचिव केशव रिजाल सदस्य रहेको समिति गठन गरेको थियो । बैठकले पार्टीका पूर्वमहाधिवेशन प्रतिनिधि वामदेव खनालका सुपुत्र एवं काँग्रेसका क्रियाशील सदस्य माधव खनालको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध