१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्व. कोइरालाको सम्झना र काँग्रेस प्रदेशसभा संसदीय दलको विधान पारित

२६ माघ २०७४, शुक्रबार ११:५३

माघ २६, काठमाडौँ | नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सम्झनामा आज एक मिनेट मौन धारण गरिएको छ । 


प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकको प्रारम्भमा निष्ठावान्, सादगी र संविधान जारी गर्ने अभियानका नेतृत्वकर्ता कोइरालाको तेस्रो पुण्य स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरिएको पार्टी कार्यालयले जनाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले ‘नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४’ सुझावसहित सर्वसम्मत रुपमा पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । 

उक्त विधानको मस्यौदा तयार गर्न पार्टीले केही दिनअघि केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालको संयोजकत्वमा मुख्य सचिव पौडेल र सचिव केशव रिजाल सदस्य रहेको समिति गठन गरेको थियो । बैठकले पार्टीका पूर्वमहाधिवेशन प्रतिनिधि वामदेव खनालका सुपुत्र एवं काँग्रेसका क्रियाशील सदस्य माधव खनालको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह