२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी एकताको ढाँचा अन्तिम रुपमा पुगिसक्यो: प्रचण्ड

२०७४, २६ माघ शुक्रबार १२:१६

माघ २६, चितवन | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, राजनीतिक संगठन र सिद्धान्त मिलाउनुपर्ने भएकाले पार्टी एकता गर्न समय लागेको बताउनुभएको छ । 


प्रेस सेन्टर चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पदका कुरामा नभएर विचार, राजनीतिक कार्यदिशा र संगठनात्मक संरचनालाई कसरी मिलाउने भन्नेबारेमा नेकपा(एमाले)सँग छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “माओवादी केन्द्र र एमालेबीचको एकताभित्र थुप्रै मनोविज्ञान, इतिहास जोडिएका छन् । यी सबै कुरासँग सम्बन्धित विषय अन्ततः वैचारिक राजनीतिक विषय हुन्छन् ।” दाहालले दुवै पार्टीका अध्यक्ष पार्टीको प्रमुख र प्रधानमन्त्री भइसकेकाले पदकै निम्ति झिनाझप्टी नहुने स्पष्ट गर्नुभयो । 

पार्टीलाई सही ढंगले एकताबद्ध गर्न र देशलाई सुशासन र समृद्धितर्फ लैजान वामदेव गौतमको संयोजकत्वमा गठित समितिले सुशासनको प्राथमिकता र विकासको प्राथमिकताबारे छलफल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी दुई जनाको बीचमा कुरा मिलेर मात्रै होइन, पार्टी संगठनका माथिदेखि तलसम्मका सबैले राम्रो भयो भन्ने महसुस हुने गरी पार्टी एकता गर्दैछौँ ।”

उहाँले पार्टी एकता र सरकार गठन सँगसँगै होस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो कोशिश सरकार गठन गर्नुभन्दा अगाडि पार्टी एकताको कुरा टुंगियोस् भन्ने छ । नभए पनि पार्टी एकता र सरकार गठनको प्रक्रिया सँगसँगै होस् भन्ने छ । ओलीजीको पनि त्यतैपट्टि जोड छ ।” 

उहाँले पार्टी एकताको ढाँचा अन्तिम रुपमा रहेको पनि जानकारी दिनुभयो । उहाँले आगामी फागुन ५ गतेभित्र निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष सांसदको नामावली बुझाउने र फागुन ६ गतेदेखि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध