१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा सार्वजनिक, कसले कति सिट पाए ?

२६ माघ २०७४, शुक्रबार १२:२३

माघ २६, काठमाडौं ।  निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेको छ । साथै माघ २९ गते साँझ ५ बजेभित्र दलहरूलाई समानुपातिकतर्फ निर्वाचित हुने उम्मेद्वारको नाम सिफारिस गर्न पत्राचार समेत गरेको छ ।

आयोगका अनुसार ४९ दल मध्य पाँचवटा राजनीतिक दलले मात्र समानुपातिकतर्फ सिट प्राप्त गरेका छन् । तीन प्रतिशत वा त्योभन्दा धेरै मत प्राप्त गरेका ५ वटा दलले मात्र सिट प्राप्त गरेका हुन् । समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्दै एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ तथा राजपा र फोरमले ६/६ सिट जितेको जानकारी दिएको हो।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय १० जना सांसद समानुपातिक तर्फबाट चुनिनेछन्। आयोगले एमालेले ४१ मध्ये कम्तिमा ३७ महिलालाई प्रतिनिधि सभामा सिफारिस गर्नुपर्ने जनाएको छ। संविधानले संघीय संसदमा ३३ प्रतिशत सहभागिताका लागि प्रतिनिधिसभाको समानुपातिकबाट क्षतिपूर्तिको व्यवस्था गरेको छ। 

सोही व्यवस्था अनुसार अब कांग्रेसले ४० मध्ये २०, नेकपा माओवादीले १७ मध्ये १६ जना महिला पठाउनुपर्नेछ। राजपाले ६ मध्ये ५ नै तथा संघीय फोरमले ६ मध्ये ५ जना महिला सिफारिस गर्नुपर्ने आयोगले जनाएको छ।

मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम आयोगले राष्ट्रिय सभा निर्वाचन नभएकै कारण सार्वजनिक गर्न सकेको थिएन। आयोगले निर्वाचन भएको ६५ दिनपछि शुक्रबार मत परिणाम सार्वजनिक गरेको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह