१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बामपन्थी सरकार बनेपछि देश सम्बृद्ध बन्छ: महरा

२७ माघ २०७४, शनिबार ०३:०३

मनिषा राई/माघ २७, रोल्पा । नेकपा (माओवादी केन्द्र) का बरिष्ठ नेता कृष्णबहादुर महराले फागुनको दोस्रो सातासम्म बाम एकताको सरकार बनि सक्ने बताउँदै अब देशमा स्थायी सरकार हुने भएकोले देश सम्बृद्ध बन्ने बताउनुभयो ।  

बाम पार्टीलाई सरकार मात्रै होइन पार्टी एकता गर भन्ने जनादेश दिएकोले बाम एकता अनिवार्य हुने बताउनुभयो ।


शुक्रकार रोल्पाको धबाङमा उत्पादित धबाङ खोला लघु जलविद्युतको उद्घाटन कार्यक्रममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उहाले यस्तो बताउनुभएको हो । 

पुर्व उपप्रधानमन्त्री महराले विकासका लागि सबै एक धिक्का भएर अगाडि बढेमा मात्रै राज्यले गरेको लगानीले सार्थक पाउने र गाउँको विकास हुने भन्दै राजनीति, विचार लगायतमा अलग–अलग भएपनि विकासमा सबैलाई एक हुन अनुरोध गर्नुभयो ।

अब राजनीतिक क्रान्तिको यात्रा केही हदलाई पुरा भएकोले अब आर्थिक क्रान्ति र सम्बृद्धको यात्रामा पुरै नेपाललाई अगाडि बढाउनु पर्ने भन्दै आफ्नो जिम्मेवारी देश विकासमा अघि बढाउने रहेको उहाको भनाई छ । 

उहाँले रोल्पाको धबाङ युद्धकालमा सुरक्षित गाउँ भएकोले आफूले परिवारहरुसँग भेटघाट गर्ने गरेको स्मरण गर्दै भन्नुभयो “धबाङ सुरक्षित गाउँ भएकाले मैले परिवारसँग भेटघाट गरेको थिए, यसै गाउँमा २०४८ सालमा क. प्रचण्ड आएर यसै गाउँमा प्रशिक्षण दिनुभयो हामी आज यो स्तरमा आएका छौँ, यो गाउँबासीको युद्धमा महत्वपूर्ण योगदान रहेको छ हामी विकास गर्नमा हरदम तयार छौँ ।”

रोल्पाबाट राजनीतिक जीवन शुरु गरी लामो समय रोल्पालाई कर्मथलो बनाउँदै हाल दाङबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको महराले आफू दाङबाट निर्वाचित भएपनि रोल्पाको विकासका लागि सधै लाग्ने बताउनुभयो । आफू र रोल्पाको नातालाई भावात्मकरुपमा अभिब्यक्ति दिर्दै उहाँले भन्नुभयो “म रोल्पाली हुँ रोल्पामै राजनीतिक जीवन शुरुवात गर्दै लामो समय काम गरे, हाल केन्द्रीय भूमिका निर्वांह गरिरहेको छु, रोल्पा मेरो जन्म र कर्म थलो हो म दाङबाट विजयी भए पनि रोल्पाको विकासमा निरन्तर लागि रहेने छु ।”

उहाले थप्नुभयो “रोल्पा जिल्लामा मेरा राजनीति विद्यार्थी वर्षमान पुनमगर, कुलप्रसाद केसी, दिपेन्द्र पुनमगर निर्वाचित हुनुभएको छ उहाँहरुलाई निरन्तर सहयोग गर्दछु । ”

उहाँले आफू अर्थमन्त्री हुँदा करिव ३ अर्ब बजेट रोल्पामा लिएको बताउँदै अब रोल्पाको सम्बृद्धि र विकासका लागि फेरी एक पटक सबै अगाडि बढ्नु पर्ने बताउनुभयो । विद्युतमा पनि १० लाख सहयोग गरेको त्यसले सार्थकता पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह