२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशी निर्भरताले नेपालको राष्ट्रिय अर्थतन्त्र धरासायी हुन्छ: प्रचण्ड

२७ माघ २०७४, शनिबार ०९:०६

माघ २७, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जहाँ पनि जसरी पनि’ विदेशी लगानी भित्रिन थाल्यो भने हामी सबै विस्थापित हुनेछौ भन्नुभएको छ । 

नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिको १४ आँै साधारणसभा तथा आठौं अधिवेशन एवं संघको भवन शिलन्यास समारोहलाई आज रामनगरमा सम्बोधन गर्नुहँुदै उहाँले विदेशी निर्भरताले नेपालको राष्ट्रिय अर्थतन्त्र धरासायी हुने र सम्पूर्णरुपले विदेशीको कब्जामा जाने खतरा बढ्ने हुँदा सबै क्षेत्रमा विदेशी लगानी भित्रिन नहुने विचार व्यक्त गर्नुभयो । 

उहाँले अहिलेको विश्वव्यापीकरणको दुनियाँमा कुनै खास क्षेत्रमा विदेशी लगानी ल्याएन भने पनि अर्थतन्त्रले गति लिन नसक्ने र त्यसमा जीवन्तता हुननसक्ने बताउनुभयो । 

हालै सम्पन्न निर्वाचनमा प्रगतिशील वामपन्थी गठबन्धनका पक्षमा अनि स्थायित्व र संमृद्धिको पक्षमा जनमत प्रकट भएको भन्दै उहाँले त्यसैअनुरुप सरकारले राष्ट्रका तर्फबाट किसान हक हितका पक्षमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सिंगो राष्ट्रको संमृद्धि तर्फ र नयाँ यात्रातिर नेपाल जाओस् भन्ने मेरो चाहना छ ।” 

राज्यले नीति र ऐन कानून, नियम निर्देशिकामा सुधार गर्ने कुरामा ध्यान पु¥याउन नसकेको उहाँले बताउनुभयो । 

सो अवसरमा नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले १५ वर्ष देखिनै नेपाल पोल्ट्रीमा आत्मनिर्भर भएको भन्दै आत्मनिर्भरलाई निरन्तरता दिन रु १०/१५ अर्ब वार्षिक लगानी थप्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

प्रदेश नं ३ का भूमि व्यवस्थापन कृषि विकास र सहकारी मन्त्रालयका सचिव डा बंसि शर्माले पोल्ट्री क्षेत्रमा विदेशी लगानी भित्र्याउने नीति नभएको बताउनुभयो । 

उद्योग वाणिज्य महासंघका सदस्य डा तिलचन्द्र भट्टराईले वार्षिक रु १७ अर्ब भन्दा बढीको मकै, भट्टमास, सूर्यमुखी पिनालगायतका कच्चा पदार्थ विदेशबाट आउने गरेको बताउनुभयो । 

अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले किसानले लागत मूल्य पनि पाउन नसकेको, पोल्ट्री क्षेत्रमा विदेशी लगानी भित्रन थालेको, ब्याज छुट नपाएको लगायतका समस्याका बारेमा जानकारी गराउनुभएको थियो । 

सोही अवसरमा भरतपुर महानगरपालिका–१ रामनगरमा संघको नाममा रहेको तीन कठ्ठा तीन धुर जग्गामा संघको कार्यालय भवनको प्रमुख अतिथि दाहालले शिलान्यास गर्नुभएको थियो । 

संघका महासचिब त्रिलोचन कँडेलका अनुसार कार्यालय कक्ष र सभाहल गरी करिब रु ७५ लाखमा भवन निर्माण गरिने छ । संघमा देशभरका सात सय अण्डा उत्पादन गर्ने कृषक र व्यवसायी आवद्ध छन् । 

१५ सदस्यीय कार्यसमिति चयन गर्दै संघको अधिवेशन आजै सम्पन्न हुँदै छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य