२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं ५ मा मुख्यमन्त्री छनोट गर्ने तयारी, सम्भावना कसको ?

२७ माघ २०७४, शनिबार १७:२०

भरत केसी | माघ २७, बुटवल (रासस) | राज्यको नयाँ संरचनाअनुसार बनेको ५ नं प्रदेशमा सरकार गठनको तयारी शुरु भएको छ । संविधान कार्यान्वयनको चरणमा ५ नं प्रदेशमा मुलुककै पहिलो मुख्यमन्त्री यस प्रदेशबाट चयन गर्ने तयारी भएको छ । प्रदेशको मुख्यमन्त्री चयन तथा मुख्यमन्त्रीको शपथ कार्यक्रमलाई प्रभावकारी कसरी बनाउने विषयमा आज एमाले नेतृत्वले प्रदेश प्रमुखसँग छलफल गरेको छ । 

एमाले उपमहासचिव तथा रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलको नेतृत्वमा पुगेको टोलीले प्रदेश प्रमुखसँग छलफल गरेको थियो । प्रदेश प्रमुखको छलफलपछि नेता पौडेलले आइतबार एमाले माओवादी संसदीय दलले औपचारिक रुपमा प्रदेश प्रमुखसमक्ष सरकार गठनका लागि दाबी प्रस्तुत गरी पत्र बुझाएपछि सम्भवतः तत्कालै अर्थात् सोमबारसम्म मुख्यमन्त्री नियुक्त गर्ने सम्भावना रहेको जानकारी दिनुभयो । 

प्रदेश प्रमुखसँगको छलफलमा नेता पौडेलसहित एमाले प्रदेश संसदीय दलका नेता शंकर पोखरेल, एमाले केन्द्रीय सदस्य लीला गिरी, संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठलगायत ५ नं प्रदेशका प्रदेश मुख्य सचिव शंकर पाठकसमेत हुनुहुन्थ्यो । 

एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्रीको शपथ कार्यक्रमलाई प्रभावकारी रुपमा जनताको पहुँचमा पुर्याउने विषयमा छलफल हुँदा प्रदेश प्रमुखको निवास परिसर बाहिर कार्यक्रम आयोजना गर्ने टुंगो लगाइएको बताउनुभयो । मुख्यमन्त्रीको शपथसँगै तीन सदस्यीय सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीसमेत भएको उहाँले जानकारी दिनुभयो । 

संविधानतः निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणा गरेको ३० दिनभित्र प्रदेश प्रमुखले बहुमत प्राप्त ठूलो दललाई सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था रहेको छ । 

एमाले प्रमुख सचेतक ढकालका अनुसार माओवादी केन्द्रको आइतबारको बैठकले संसदीय दलको नेता चयनको निर्णय गरेपछि दुवै दलका संसदीय दलका नेताले संयुक्त रुपमा पत्र बुझाउने छन् । 

यस प्रदेशमा कूल ८७ जना प्रदेश सदस्यमध्ये एमालेका ४१ र माओवादी केन्द्रका २० जना सदस्य रहेका छन् । एमाले–माओवादी गठबन्धनको सहमतिअनुसार यस प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने टुंगो लागिसकेको छ । सोहीअनुसार एमाले प्रदेश संसदीय दलले मुख्यमन्त्रीका लागि पार्टी स्थायी कमिटी सदस्य शंकर पोखरेललाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिसकेको छ । 

तर, प्रदेशमा प्रमुख विपक्षी नेपाली काँग्रेस प्रदेशले भने अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । यस प्रदेशमा नेपाली काँग्रेसबाट संसदीय दलको नेताका रुपमा दाङका डिल्ली चौधरी, कपिलवस्तुका वीरेन्द्रकुमार कनौडिया, रुपन्देहीका अष्टभुजा पाठक, पाल्पाका पार्टी सभापति वीरबहादुर रानालगायत आकांक्षी देखिएका छन् । 

माओवादी केन्द्रमा पनि संसदीय दलको नेताका लागि आकांक्षी धेरै भए पनि रोल्पाका कुलप्रसाद केसीको सम्भावना प्रवल देखिएको छ । उहाँ संसदीय दलको नेता चयन भएपछि यस प्रदेशमा समाभुख पाएको माओवादी केन्द्रले गुल्मीका सुदर्शन बराललाई अगाडि सार्ने बताइएको छ । 

कानूनतः सांसद संख्याको २० प्रतिशत नबढ्ने गरी मन्त्रालय गठन गर्नुपर्ने छ । प्रदेश नं ५ ले ९ भन्दा नबढ्ने गरी मन्त्रिमण्डल बनाउने तयारीमा एमाले–माओवादी गठबन्धनमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य