१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अखिल क्रान्तिकारी कपिलबस्तुको अध्यक्षमा रुपा निर्वाचित

२८ माघ २०७४, आईतवार ०४:१३

माघ २८, कपिलवस्तु | अनेरास्ववियु क्रान्तिकारी कपिलबस्तुको १९ औं जिल्ला सम्‍मेलनले  अध्यक्षमा रुपा बुढामगरलाई निर्वाचित गरेको छ ।  नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको १९ औं कपिलबस्तु सम्मेलनले रुपा बुढामगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गरेको हो।

सम्मेलनको उद्‍घाटन गर्दै संगठनका महासचिव दिपेन्द्र चलाउनेले शिक्षामा देखिएको नवउदारवादका विरुद्ध शसक्त संघर्ष गर्ने बताउँदै शैक्षिक दलालीकरण, माफियाकरण र भ्रष्टिकरण विरुद्ध देशभर संगठनले भण्डाफोर अभियान संचालन सर्वसाधारण जनतालाई वैज्ञानिक, जीवनपयोगी, प्राविधिक, सस्तो, सुलभ र सरल रुपमा शिक्षा प्राप्त गर्न नयाँ समाजवादी शिक्षा आवश्यक भएको बताए ।

अभियानको क्रममा भ्रष्टाचारी र शैक्षिक माफियालाई रुपान्तरण हुन सांकेत रुपमा केही संघर्षका कार्यक्रमका साथै भारतद्वारा सीमा मिचिएको क्षेत्रमा पुग्‍ने बताए । सम्‍मेलनको उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य एवं लुम्बिनी व्युरो इन्चार्ज चन्द्रवहादुर चन्दले वर्गीय समाजमा शिक्षा पनि वर्गीय हुने भन्दै शिक्षा अभिजात वर्गको नियन्त्रण हुँदासम्म शिक्षा व्यवहारिक र सर्वसुलभ नहुने बताए । चन्दले बुर्जुवा शिक्षाका विरुद्ध देशभक्त, प्रगतिशील र क्रान्तिकारीहरु विद्यार्थीहरु एक हुनुपर्ने भन्दै शैक्षिक समस्याको समाधान एकीकृत जनक्रान्तिको माध्यमद्धारा हुने बताए ।

त्यस्तै नेकपा कपिलवस्तुका इन्चार्ज संगम, सेक्रेटरी सुनिल, लुम्बिनी क्षेत्रीय समन्वय समितिका इन्चार्ज प्रेमचन्द्र भुषाललगायतले सम्मेलनको शुभकामना दिएका थिए । त्यसैगरी सम्मेलनमा उपाध्यक्ष राजित प्रताप सेन, सचिवमा निराजन थारु र कोषाध्यक्षमा लोकेन्द्र चन्द ठकुरीलाई निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह