२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यक्ष दाहालले आफूले जस्तोसुकै निर्णय लिन सक्ने कडा प्रतिक्रिया दिए

२०७४, २८ माघ आईतवार ११:४१

चितवन, २८ माघ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन पनि सक्ने बताउनुभएको छ । 

आज यहाँ आयोजित प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अहिलेको सन्दर्भमा आफूले अघि सारेको यो भनाइको अर्को राजनीतिक अर्थ नलगाउन पनि आग्रह गर्नुभयो । 


दुई पार्टी एकीकरणका सन्दर्भमा उहाँले भन्नुभयो, “म काठमाडौँ गएपछि कुराकानी हुन्छ । मेरो चाहना छ दुई तीन दिनभित्र टुंगियोस्, यो कुरा नलम्बियोस् ।” उहाँले अगाडि थप्नुभयो, “पार्टी एकीकरण लम्बिएलाजस्तो भन्दा पनि टुंगिएलाजस्तो मैले देखिरहेको छु ।” 

अध्यक्ष दाहालले शनिबार भरतपुरमा आयोजित एक कार्यक्रममा देशको हित नहुने भएमा आफूले फड्को हान्ने बताउनुभएको थियो । नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकताको बैठक चलिरहँदा अध्यक्ष दाहालको यस्तो प्रतिक्रिया बाहिर आएको छ । 

उक्त खेलकुद प्रतियोगिताअन्तर्गतको चौथो मुवा थाई तथा बृहत् तेक्वान्दो प्रतियोगिताको उहाँले उद्घाटन गर्नुभएको हो । 

सो अवसरमा उहाँले आउँदा दिनमा खेल क्षेत्रको विकास अझ तीव्र हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रादेशिक रुपमा यस्ता खेल हुनुले संघीयता कार्यान्वयनमा सहयोग पुग्ने पनि बताउनुभयो । 

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा खेलकुद विकासका लागि काम थाल्न मात्रै पाएको र दोस्रो पटक प्रधानमन्त्री हुँदा देशभर नै संस्थागत रुपमा खेलकुद क्षेत्रको विकासका लागि पहल शुरु गरेको पनि उहाँले स्मरण गराउनुभयो । 

आफ्नै छोरा प्रकाशको स्मृतिमा खेलकुद आयोजना गरेकामा आयोजकलाई उहाँले धन्यवाद दिनुभयो । 

नेपाल मार्शल आर्टस् एकेडेमी र नेपाल राष्ट्रिय मुवा संघले खेलको आयोजना गरेका हुन् । दुई दिनसम्म सञ्चालन हुने मुवा थाई प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलको अध्यक्ष दाहालले अवलोकन गर्नुभएको थियो । साठी केजी तौल समूहको सो खेलमा भारतका प्रेम कटनलाई पराजित गर्दै नेपाल आर्मीका गुण रुचाल विजयी हुनुभयो । रुचाललाई दाहालले पदक लगाइदिनुभएको थियो । 

सो प्रतियोगिताअन्तर्गत इण्डो–नेपालमा ५०, ५६, ६०, ७०, ८१ र ९८ केजी तौल समूहमा ६–६ जनाको सहभागिता रहने छ । त्यसैगरी मुवा थाईको राष्ट्रिय प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५ र ७५ एवं महिलातर्फ ६० केजी तौल समूहमा गरी ३६ जना खेलाडीको सहभागिता रहने नेपाल राष्ट्रिय मुवा संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिनुभयो ।रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा