२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यक्ष दाहालले आफूले जस्तोसुकै निर्णय लिन सक्ने कडा प्रतिक्रिया दिए

२८ माघ २०७४, आईतवार ११:४१

चितवन, २८ माघ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन पनि सक्ने बताउनुभएको छ । 

आज यहाँ आयोजित प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अहिलेको सन्दर्भमा आफूले अघि सारेको यो भनाइको अर्को राजनीतिक अर्थ नलगाउन पनि आग्रह गर्नुभयो । 


दुई पार्टी एकीकरणका सन्दर्भमा उहाँले भन्नुभयो, “म काठमाडौँ गएपछि कुराकानी हुन्छ । मेरो चाहना छ दुई तीन दिनभित्र टुंगियोस्, यो कुरा नलम्बियोस् ।” उहाँले अगाडि थप्नुभयो, “पार्टी एकीकरण लम्बिएलाजस्तो भन्दा पनि टुंगिएलाजस्तो मैले देखिरहेको छु ।” 

अध्यक्ष दाहालले शनिबार भरतपुरमा आयोजित एक कार्यक्रममा देशको हित नहुने भएमा आफूले फड्को हान्ने बताउनुभएको थियो । नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकताको बैठक चलिरहँदा अध्यक्ष दाहालको यस्तो प्रतिक्रिया बाहिर आएको छ । 

उक्त खेलकुद प्रतियोगिताअन्तर्गतको चौथो मुवा थाई तथा बृहत् तेक्वान्दो प्रतियोगिताको उहाँले उद्घाटन गर्नुभएको हो । 

सो अवसरमा उहाँले आउँदा दिनमा खेल क्षेत्रको विकास अझ तीव्र हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रादेशिक रुपमा यस्ता खेल हुनुले संघीयता कार्यान्वयनमा सहयोग पुग्ने पनि बताउनुभयो । 

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा खेलकुद विकासका लागि काम थाल्न मात्रै पाएको र दोस्रो पटक प्रधानमन्त्री हुँदा देशभर नै संस्थागत रुपमा खेलकुद क्षेत्रको विकासका लागि पहल शुरु गरेको पनि उहाँले स्मरण गराउनुभयो । 

आफ्नै छोरा प्रकाशको स्मृतिमा खेलकुद आयोजना गरेकामा आयोजकलाई उहाँले धन्यवाद दिनुभयो । 

नेपाल मार्शल आर्टस् एकेडेमी र नेपाल राष्ट्रिय मुवा संघले खेलको आयोजना गरेका हुन् । दुई दिनसम्म सञ्चालन हुने मुवा थाई प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलको अध्यक्ष दाहालले अवलोकन गर्नुभएको थियो । साठी केजी तौल समूहको सो खेलमा भारतका प्रेम कटनलाई पराजित गर्दै नेपाल आर्मीका गुण रुचाल विजयी हुनुभयो । रुचाललाई दाहालले पदक लगाइदिनुभएको थियो । 

सो प्रतियोगिताअन्तर्गत इण्डो–नेपालमा ५०, ५६, ६०, ७०, ८१ र ९८ केजी तौल समूहमा ६–६ जनाको सहभागिता रहने छ । त्यसैगरी मुवा थाईको राष्ट्रिय प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५ र ७५ एवं महिलातर्फ ६० केजी तौल समूहमा गरी ३६ जना खेलाडीको सहभागिता रहने नेपाल राष्ट्रिय मुवा संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिनुभयो ।रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य