१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले पार्टी माओवादी जस्तो भुलुक्क आएको पार्टी होइन: ईश्वर पोखरेल

२९ माघ २०७४, सोमबार ०८:४०

माघ २९, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसंगको पार्टी एकता ‘गाई हेर्न गएका गोठालाले काँध मिलाए जस्तो’ सहज नभएको बताएका छन् । 

नेपाल निर्माण उद्योग परिषद्को तेस्रो राष्ट्रिय अधिवेशनको सोमवार उद्घाटन गर्दै महासचिव पोखरेलले माओवादीसंग कयौं बिषयमा कुरा मिल्न बाँकी रहेकाले एकता भन्दा पहिला संगठनात्मक, बैचारिक र सिद्धान्तको एकता मिल्नु पर्ने बताए । 

‘एउटाले अध्यक्ष र एउटाले प्रधानमन्त्री लिएर मिल्नु नि भन्ने कुराका बान्की सुनिन्छ’ पोखरेलले भने, ‘मिल्नका लागि बिचारमा एकता हुनुपर्यो नि ! गाइबस्तु हेर्न गएका गोठालाले काँध मिलाए जस्तो हो र पार्टी एकता ?’  

‘माओवादीको ४ हजार सदस्यको केन्द्रीय समिति छ, एमालेको २ सयको, दुवै पार्टीका माथिदेखि तलसम्म मिलाउनु पर्यो’ पोखरेलले भने, ‘एमाले पार्टी माओवादी जस्तो भुलुक्क आएको पार्टी होइन, एउटा डालोको चामल अर्कोमा खनाइने जस्तो होइन होला ।’

संगठनको मामिलामा आनकातान फरक रहेको भन्दै उनले मिल्नका लागि समान आधार चाहिने बताए । 

‘एमाले पार्टी एउटा स्टक्चरमा निर्माण भएको पार्टी हो, एकआध नेतृत्व यता हुँदा ठम्म ठम्म हिड्छ’ पोखरेलले भने, ‘एकता भनेको नो मोर माओवादी नो मोर एमाले हो, यो मनस्थितीबाट पो चल्नु पर्छ ।’ 

सरकार पहिला कि पार्टी एकता भन्ने बहस चलिरहेको समयमा एमाले महासचिव पोखरेलले संविधान र संसदको तालिका अनुसार सरकार गठन हुने तर पार्टी एकताका लागि समय लाग्ने बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह