२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले पार्टी माओवादी जस्तो भुलुक्क आएको पार्टी होइन: ईश्वर पोखरेल

२०७४, २९ माघ सोमबार ०८:४०

माघ २९, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसंगको पार्टी एकता ‘गाई हेर्न गएका गोठालाले काँध मिलाए जस्तो’ सहज नभएको बताएका छन् । 

नेपाल निर्माण उद्योग परिषद्को तेस्रो राष्ट्रिय अधिवेशनको सोमवार उद्घाटन गर्दै महासचिव पोखरेलले माओवादीसंग कयौं बिषयमा कुरा मिल्न बाँकी रहेकाले एकता भन्दा पहिला संगठनात्मक, बैचारिक र सिद्धान्तको एकता मिल्नु पर्ने बताए । 

‘एउटाले अध्यक्ष र एउटाले प्रधानमन्त्री लिएर मिल्नु नि भन्ने कुराका बान्की सुनिन्छ’ पोखरेलले भने, ‘मिल्नका लागि बिचारमा एकता हुनुपर्यो नि ! गाइबस्तु हेर्न गएका गोठालाले काँध मिलाए जस्तो हो र पार्टी एकता ?’  

‘माओवादीको ४ हजार सदस्यको केन्द्रीय समिति छ, एमालेको २ सयको, दुवै पार्टीका माथिदेखि तलसम्म मिलाउनु पर्यो’ पोखरेलले भने, ‘एमाले पार्टी माओवादी जस्तो भुलुक्क आएको पार्टी होइन, एउटा डालोको चामल अर्कोमा खनाइने जस्तो होइन होला ।’

संगठनको मामिलामा आनकातान फरक रहेको भन्दै उनले मिल्नका लागि समान आधार चाहिने बताए । 

‘एमाले पार्टी एउटा स्टक्चरमा निर्माण भएको पार्टी हो, एकआध नेतृत्व यता हुँदा ठम्म ठम्म हिड्छ’ पोखरेलले भने, ‘एकता भनेको नो मोर माओवादी नो मोर एमाले हो, यो मनस्थितीबाट पो चल्नु पर्छ ।’ 

सरकार पहिला कि पार्टी एकता भन्ने बहस चलिरहेको समयमा एमाले महासचिव पोखरेलले संविधान र संसदको तालिका अनुसार सरकार गठन हुने तर पार्टी एकताका लागि समय लाग्ने बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध